
बिर्तामोड, १ पुस । झापाको बिर्तामोड नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका बिर्तामोड–१ पश्चिम बस स्टेन स्थितमा हाइस गाडीबाट काठमाडौं ज्याकेट पार्सल गर्न आएका मेचीनगर–१२ कालीझोडाका ३० वर्षीय राजु विश्वकर्मालाई शंका लागी चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटमा दुलो बनाई ज्याकेट भित्र लुकाई छिपाई राखेको २८ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर फेला थियो ।
लागुऔषधसहित पक्राउ परेका उनलाई सोधपुछ गर्दा उक्त सामान र ज्याकेट इलामको इलाम नगरपालिका–१ का २० वर्षीय दिपक दाहालको हो भनी बताएको हुँदा दिपक दाहाललाई समेत खोजतलास गर्ने क्रममा बिर्तामोड नगरपालिका–१ मा फेला पारी पक्राउ गरी दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


