
झापा, १ पुस । अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई’ गीतको भिडियो सार्वजनिक भएको छ ।
दार्जिलिङ्गमा जन्मिएर नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ सेलो गीतमा स्वर भरेका छन् । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्ज गीतमा रहेको छ । हरि रोय र पुष्पक रोयको छायाँकन, के के प्रधानको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । साथै गीतमा बसन्त दर्जीको डान्स कोरियोग्राफी समेत रहेको छ । ‘बुहारी आप्पा आम्मालाई ’गीतको भिडियोमा बुद्धि तामाङ र सिकिम्मकी चेली स्यामाश्री शेर्पाको नृत्य रहेको छ । गीतको भिडियोलाई डम्फु मिडियाको अफिसियल च्यानलमार्फत हेर्न सकिन्छ ।
Facebook Comments Box


