jhapaonline add

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताएका छन् । आज बिहान काठमाडौँमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, “विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपाली जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौँ नेपालीले उल्लेखनीय प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा सूर्य सुवेदी हुनुहुन्छ ।” प्रधानमन्त्रीले भने, “प्राडा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ । उहाँले त्यसमा सहयोग गर्नुभयो । पछिल्लो एमसिसी सम्झौतामा पनि…

Read More

धूमपान ः धूमपान वा चुरोट सेवन गर्ने पुरुषहरुलाई त्यसमा हुने निकोटिनको कारण रक्तनलीहरु खुम्चिन थाल्छ । जसले शरीरमा अक्सिजनको मात्रा समेत घटाउछ । यसले कपाल झर्न मद्धत पुरयाउछ अत्यधिक रक्सी सेवन ः बढी रक्सी सेवन गर्ने मानिसको शरीरमा टक्सीन बढ्छ । आइरन, जिंक पानीको मात्रा भने कमी हुन्छ । यस्तो अवस्थामा कपाल झर्न थाल्छ । बंशाणुगत कारण ? पुरुषहरुको कपाल झर्नुको अर्को कारण बंशाणुगत कारण पनि भएको मानिन्छ । यदि तपाईँको परिबारमा कम उमेरमा पुरुषहरुको कपाल झर्ने समस्या छ भने यस्तो समस्या तपाईँमा पनि हुनसक्छ । हर्मोन समस्या ः पुरुषहरुको कपाल झर्नेको अर्को साझा कारण एन्ट्रोजेनिक एलोपिका हो । शरीरमा…

Read More

काठमाडौं, ३ चैत । अर्थमन्त्री वर्षमान पुनले आफ्नो स्वार्थका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट) २०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रहसमेत गरेका छन् । मन्त्री पुनले बैंकहरूलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने स्पष्ट पारे । ‘बैंकहरूबाट ऋण लिने, कालोसूचीमा पर्ने अनि ऋण तिर्दिनँ भनेर हिंड्ने प्रवृत्ति छ’, मन्त्री पुनले भने, ‘आफ्नो स्वार्थ पूरा गर्न…

Read More

संखुवासभा, ३ चैत । संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङस्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो वानातर्फ आउँदै गरेको बा ४० प १७९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को ३७ प १८४२ नंम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा को ३७ प १८४२ नंम्बरको मोटरसाइकल सडकबाट अन्दाजी १० मिटर तल खसि दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल पछाडी सवार स्थानीय ६५ वर्षीय पदमबहादुर बिश्वकर्मको घटनास्थानमै मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका मोटरसाईकल चालक २७ वर्षीय कमानसिं विश्वकर्मा र अर्को मोटरसाइकल चालक धनकुटा नगरपालिका–१० का २३ वर्षीय पदम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वानाबाट…

Read More

झापा, ३ चैत । झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–६ बाट गाँजा ४ केजी ६५० ग्रामसहित ७४ वर्षीय भरोसी यादव, ३९ वर्षीय गोपाल यादव र कचनकवल–७ का २७ वर्षीय अरबिन भट्टराईलाई पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । त्यसैगरी, शुक्रबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बराह्रक्षेत्र नगरपालिका–६ सुनसरीका ३० वर्षीय विजयकुमार राउतलाई लागुऔषध ब्राउनसुगर १६ ग्राम ८८ मिलिग्रामसहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–५…

Read More

झापा, ३ चैत । भद्रपुर नगरपालिका–५ निवासी ५० वर्षीय विष्णु शर्माको भारतमा रेल दुर्घटनामा परी निधन भएको छ । शर्मा भद्रपुरस्थित लक्ष्मीनारायण मन्दिरका पुजारीसमेत रहेका थिए । गत बुधबार काम विशेषले शिलगढी गएका उनको रेल दुर्घटनामा मृत्यु भएको हो । घर फर्किनका लागि उनी दिउँसोसवा २ बजे शिलगढी जंक्सन पुगेका थिए । जंक्सन पुग्दा कटिहार–शिलगढी इन्टरसिटी एक्सप्रेस ४ नम्बर प्लेटफार्मबाट हिँडिसकेको थियो । चिप्लिएर दुर्घटनामा परेका थिए । उनी दौडिएर रेल चढ्न खोज्दा खुट्टा रेलको चक्कामुनि खसेर गम्भीर घाइते भएका उनलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल भर्ना गराएका थिए । उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको पारिवारिक…

Read More

झापा, ३ चैत । मैत्रीपूर्ण फुटबलमा नेपाल मलेसियासँग पराजित भएको छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित भएको हो । ३५–३५ मिनेटमा विभाजन गरिएको खेलमा नेपाली टोलीले १४० मिनेट प्रतिस्पर्धा गरेको थियो । नेपालले अब केही दिन मलेसियामै अभ्यास गरेर बहराइन जाने छ । बहराइनमा नेपालले फिफा विश्वकप छनोटको दुवै खेल खेल्ने छ । दशरथ रङ्गशाला खराब भएका कारण नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो । पहिलो खेल चैत ८ र दोस्रो खेल चैत १३ गते हुने छ ।

Read More

काठमाडौँ, ३ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

द्रोण अधिकारीनेपाली नागरिकको अपेक्षा हवाइ जहाजको गतिमा बढिरहेको छ । राजनीतिक नेतृत्वको कार्यशैली गोरूगाडाको शैलीमा हिँडिरहेको छ । यही अमिल्दो शैलीको अन्तरद्वन्दले नेपाली नागरिकमा निराशा र आक्रोस तीव्र गतिलिएर आइरहेको हो । हरेक पटक राजनीतिक दल निर्वाचनमा विकास र समृद्धिको नारा बेचेर सत्तासिन भइरहे तर, नेपालको विकास जुन गतिमा हुनु पर्ने थियो त्यस गतिमा हुन सकेन । विगतमा राजनीतिक अस्थिरता विकासको बाधक ठानियो । त्यसैकारण नेपाली नागरिकले व्यवस्था परिवर्तनका लागि विभिन्न चरणमा आन्दोलन गर्नु पर्यो । पञ्चायत कालमा सिमित पञ्चे र राजाका भरौटेको गोजीमा विकासका योजना थुनिएका थिए । त्यस बिरूद्ध नागरिक उत्रदा देशमा प्रजातन्त्र पुनस्थापन भयो । प्रजातन्त्रको स्थापनापछि…

Read More

झापा, २ चैत । सरकारले मेचीनगर नगरपालिकाको काँकडभिट्टा खानेपानी आयोजना र बुद्धशान्ति गाउँपालिकाको टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि रु ३१ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । झापा क्षेत्र नं १ को सबैभन्दा बढी जनसङ्ख्या भएको दुई वटा वडा मेचीनगर(६ काँकडभिट्टा र बुद्धशान्ति–४ शान्तिनगरमा खानेपानी सुविधा बढाउन बहुवर्षीय ठेक्का प्रक्रियाबाट कार्य सम्पन्न गर्नेगरी अर्थमन्त्रालयबाट स्रोत सुनिश्चित गरिएको उक्त क्षेत्रका सङ्घीय सांसद विश्वप्रकाश शर्माले बताउनुभयो । सांसद शर्माका अनुसार टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि रु १७ करोड ८९ लाख र काँकडभिट्टा खानेपानी आयोजनाका लागि रु १३ करोड ९७ लाख बजेट सुनिश्चित गरिएको हो । चालू आर्थिक वर्ष २०८०र८१…

Read More