
संखुवासभा, ३ चैत । संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङस्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो वानातर्फ आउँदै गरेको बा ४० प १७९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को ३७ प १८४२ नंम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा को ३७ प १८४२ नंम्बरको मोटरसाइकल सडकबाट अन्दाजी १० मिटर तल खसि दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल पछाडी सवार स्थानीय ६५ वर्षीय पदमबहादुर बिश्वकर्मको घटनास्थानमै मृत्यु भएको थियो ।
दुर्घटनामा परी घाइते भएका मोटरसाईकल चालक २७ वर्षीय कमानसिं विश्वकर्मा र अर्को मोटरसाइकल चालक धनकुटा नगरपालिका–१० का २३ वर्षीय पदम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वानाबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


