
झापा, ३ चैत । भद्रपुर नगरपालिका–५ निवासी ५० वर्षीय विष्णु शर्माको भारतमा रेल दुर्घटनामा परी निधन भएको छ ।
शर्मा भद्रपुरस्थित लक्ष्मीनारायण मन्दिरका पुजारीसमेत रहेका थिए । गत बुधबार काम विशेषले शिलगढी गएका उनको रेल दुर्घटनामा मृत्यु भएको हो । घर फर्किनका लागि उनी दिउँसो
सवा २ बजे शिलगढी जंक्सन पुगेका थिए । जंक्सन पुग्दा कटिहार–शिलगढी इन्टरसिटी एक्सप्रेस ४ नम्बर प्लेटफार्मबाट हिँडिसकेको थियो ।
चिप्लिएर दुर्घटनामा परेका थिए । उनी दौडिएर रेल चढ्न खोज्दा खुट्टा रेलको चक्कामुनि खसेर गम्भीर घाइते भएका उनलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल भर्ना गराएका थिए । उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
Facebook Comments Box


