
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २७ पुस । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन भएका छन् । कैलालीको टीकापुरमा जारी पार्टीको महाधिवेशन अन्तरगत भएको निर्वाचनमा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेको थियो । अध्यक्षका लागि रेशमपत्नी रञ्जिता श्रेष्ठ पनि दौडमा थिइन् । वर्तमान अध्यक्ष रञ्जिताले निर्धारित समयमा उम्मेदवारी दिइनन् । यस्तोमा पति रेशम निर्विरोध अध्यक्ष बनेका हुन् । चौधरी सर्वसम्मत भए पनि निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन। निर्विरोध अध्यक्ष बनेका चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए। अहिलेसम्म पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। तर उनी लामो समय जेलमा बसेर…
झापा, २७ पुस । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच आत्महत्या न्युनिकरण सम्बन्धी जनचेतना मुलक श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन गरिएको छ । बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा।लि।को सहकार्यमा निर्माण गरिएको श्रव्यदृष्य सामग्री “सिर्जना” को विमोचन कार्यक्रमका प्रमुख अतिथि उक्त बिराट मेडिकल कलेजका अध्यक्ष डा। ज्ञानेन्द्र मान सिंह कार्की र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले संयुक्त रुपमा विमोचन गर्नु भएको हो । बिमोचन कार्यक्रममा सम्वोधन गर्नु हुदै प्रमुख अतिथि डा कार्कीले आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्रीले “सिर्जना” ले समाजमा सचेतना प्रवाह गरी डिप्रेसन र आत्महत्या न्यूनिकरण गर्न टेवा…
कनकाई, २६ पुस । लायन्स क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा लागुऔषध दुर्व्यसन सम्बन्धि सप्ताहाव्यापी विध्यार्थी लक्ष्यित सचेतना मुलक कार्यक्रम यतिबेला जारी छ। समाज रुपान्तरणको मुख्य भुमिकामा रहेका युवावर्ग लागूपदार्थ दुर्व्यसनको शिकार बनिरहेको बेला यसको न्युनिकरण गर्नमा लायन्स क्लबले चासो देखाउदै बिद्यालय स्तरबाट सचेतना मुलक कार्यक्रम गरेको हो । गत पुस २२ गतेबाट कनकाई २ मा रहेको सरस्वती माध्यमिक विध्यालयबाट सुरु गरेको कार्यक्रम कनकाई ७ मा रहेकोे भृकुटि मावि , कनकाई ३ मा रहेकोे कनकाई मा वि , कनकाई ५ मा रहेको भगवती प्रा वि , कनकाई ६ मा रहेको चम्फापुर मा।वि। र आज कनकाई ३ मा रहेको हरिकुल नमुना विध्यालयमा…
सन्तोष शर्माझापा, २६ पुस । झापामा सहकारीमार्फत् रू ७० अर्ब भन्दा बढी पुँजी परिचालन भएको छ ।जिल्लामा रहेका सहकारीमार्फत् रू ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले जानकारी दिनुभयो । जिल्लाको कूल जनसंख्यामध्ये ४५ प्रतिशत जनसंख्या सहकारी अभियान जोडिएको उहाँले बताउनुभयो । “सहकारीमार्फत् परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उहाँले भन्नुभयो, “जसले स्वरोजगार सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।” सहकारीमार्फत् परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दुध उत्पादन, वैकल्पिक ऊर्जा लगायतका क्षेत्रमा लगानी भएको जनाइएको छ । पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ…
उदयपुर, २६ पुस । उदयपुरको त्रियुगा नगरपालिका–८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । हिजो साँझ ७ बजे पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०५–००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट आँउदै गरेको साइकल यात्री रौतामाई गाउँपालिका–७ का ३८ वर्षीय तुलसी मङरातीलाई ठक्कर दिई दुर्घटना हुँदा घाइते भएका साईकल यात्रीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो । ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका–१० का ४५ वर्षीय किश्वर पाण्डेलाई हायससहित नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
झापा, २६ पुस । मोरङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट बुधबार विभिन्न मुद्दाका सात जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत चोरी मुद्दाका २ जना, ठगी मुद्दाका १ जना, अभद्र व्याबहार मुद्धाका २ जना र सम्बन्ध बिच्छेद मुद्धाका फरार रहेका २ जना समेतलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित अदालतहरुमा उपस्थित गराइएको छ ।
बनियानी, २६ पुस । राष्ट्रिय भाक्का दिवसको अवसरमा कचनाकवल गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ । पालिकाले आगामी पुस २९ गते राष्ट्रिय भाक्का दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले बुधवार सूचना जारी गर्दै राष्ट्रिय भाक्का दिवसमा स्थानीय बिदा दिएको जनाएका हुन् । जारी सूचनामा भनिएको छ ‘कचनाकवल गाउँपालिकाका क्षेत्रभरीका शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयलगायत सबै सरकारी कार्यालय आगामी पुस २९ गते बन्द रहनेछन् ।’
झापा, २६ पुस । शैक्षिक सत्र २०८० को एसईई परीक्षा आगामी चैत पहिलो साताबाट सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यस वर्ष एसईई हुँदैन कि भन्ने भ्रममा नपर्ने सबैलाई आग्रह गरेका छन् । संसद्मा विचाराधिन अवस्थामा रहेको शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्ने अन्योलका बीच अध्यक्ष शर्माले यस्तो जानकारी दिएका हुन् । यस वर्षको लागि एसईई परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका बोर्डले जनाएको छ । यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत…
झापा, २६ पुस । सरकारले ६ वटा गुट्खा उद्योगको क्षमता वृद्धि गर्न सहमति दिएको छ। उद्योग विभागमा आएको आवेदन अनुसार औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको बैठकले उक्त निर्णय गरेको हो । मंगलबार साँझ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको नेतृत्वमा बसेको बैठकले उद्योग विभागमा उद्योगीले आवेदन गरेबमोजिम उद्योगहरुको क्षमता वृद्धि गर्ने निर्णय गरेको हो । बैठकले मोरङको मधु प्रोडक्ट्स प्राइभेट फर्मको पहिलो कुल पुँजी ५० लाख रुपैयाँमा ४ करोड थप गरी ४ करोड ५० लाख रुपैयाँ पुर्याउन अनुमति दिएको छ। लुम्बिनी पान मसला तथा सुर्ती उद्योगको ५० लाख कुल पुँजीबाट ३ करोड रुपैयाँ पुर्याउने निर्णय भएको छ। आईपीए गुट्खा उद्योगको…
कञ्चनपुर, २६ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिए । “बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भने, “रातिको समयमा घटना भएको देखियो ।” उनले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताए । “प्राम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भने, “घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।” बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक…