jhapaonline add

झापा, २७ चैत । संयुक्त अरब इमिरेट्स (यूएई) मा अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको छ । यूएईमै बस्दै आएका उनका श्रीमान् कैलालीका नेत्रप्रसाद न्यौपानेसँग आपसी विवाद हुँदा यूएईको अजमानस्थित चाइना मलको भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल एसोसिएसनका अध्यक्ष विकास शाहीले घटनाको पुष्टि गरेका छन् । केही दिनअघि दुई जनाबिच विवाद भएको र सोही क्रममा भवनबाट खसेर उनको मृत्यु भएको खबर आएको उनले बताए । घटनापछि श्रीमान न्यौपाने फरार भएका छन् ।

Read More

झापा, २७ चैत । झापा गाउँपालिका जिल्लाको सबैभन्दा बढी मकैखेती हुने पालिकाका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार गरेका छन् । झापा पालिकामा बर्सेनि मकैखेती गर्ने किसानको सङ्ख्या क्षेत्रमा बढिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतननाथ भण्डारीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती गरिएको थियोभने दुई लाख २५ हजार छ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष केन्द्रले किसानलाई ब्लक, पकेट क्षेत्रमार्फत अनुदान उपलब्ध गराएर मकैखेतीको विस्तार गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँच सय हेक्टर जमिनमा झापा गाउँपालिका र कनकाई…

Read More

द्रोण अधिकारीभद्रपुर, २७ चैत । सेवा प्रवाहमा देश कै उत्कृष्ट पालिका बन्न सफल हल्दिवारी गाउँपालिकामा वाार्षिक २० करोड ५५ लाख रकम वितरण हुने गरेको छ । राज्यले तय गरेको नीति अनुसार ८ वटा क्लस्टर मार्फत २०४६ पुरूष र २७५५ जना महिला गरी ४८०१ जनाले सामाजिक सुरक्षा भत्ता वापत २० करोड ५५ लाख रकम लिने गरेका हुन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को चैतसम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ४ हजार ८ सय १ पुगेको छ । यो संख्या हरेक वर्ष बढदै गएको गाउँ पालिकाको विरणले देखाउँछ । गाउँपालिकाका ५ वटा वडाबाट पहिचान गरेर…

Read More

संखुवासभा, २७ चैत । संखुवासभाको पाँचखपन नगरपालिका–२ गैरीगाँउस्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाईते भएका थिए । घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले नजाएको छ ।

Read More

झापा, २७ चैत । तरुण दल कोशीका केन्द्रीय सदस्यहरुले निरङ्कुश कम्युनिष्टहरुले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रिपरिषद्बाट राजीनामा दिएको बताएको छ । एमाले र माओवादीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिनुका साथै तीन जना मन्त्रीहरुले सोमबार राजीनामा बुझाएका थिए । उक्त घटनाप्रति आपत्ती जनाउँदै काँग्रेसको भातृ संगठन तरुण दलका कोशी प्रदेशका केन्द्रीय सदस्हरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै नाटकीय रूपमा संविधान विपरीत सर्वसत्तावादी सोच, लोकतन्त्रमा विश्वासमा नराख्ने निरंकुश कम्यूनिष्टहरूले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रिपरिषद्बाट राजीनामा दिएको दाबी गरेका हुन् । ‘नेपालको संविधानको मूलमर्मलाई जोगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनजीविकाको सवाल र प्रदेशको…

Read More

द्रोण अधिकारीवर्तमान संविधानलाई समाजवाद उन्मुख राज्य व्यवस्थाको मुल कानुनका रूपमा व्याख्या गरिएको छ । जसले ३३ वटा मौलिक हकको सुनिश्चित समेत गरेको छ । त्यस मध्ये नागरिकको आधारभूत आवश्यकता भित्र अति संवेदनशील क्षेत्रका रूपमा मौलिक हकमा समेटिएको शिक्षा र स्वास्थ्य क्षेत्र पर्दछन् । यी क्षेत्रको माध्यमबाट राज्यले नागरिकको अधिकार संरक्षण गर्दै सेवा गर्ने सवैभन्दा नजिकको अवसर पनि प्राप्त गर्दछ । राज्यको सेवा प्रवाह जनमैत्री छ कि छैन भन्ने तथ्य मापनको आधार पनि शिक्षा र स्वास्थ्य क्षेत्रले मात्र विश्वास दिलाउन सक्ने अवस्था रहन्छ तर, पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा विकृतिका रूपमा भ्रष्टाचारले प्रवेश गर्दा नागरिकले राज्यमाथि प्रश्न खडा गरिरहेको अवस्था…

Read More

बुद्धशान्ति, २६ चैत । झापाको बुद्वशान्ति गाउँपालिकामा तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । बैशाख १५ गतेदेखि आदर्श युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । २०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो बर्ष तेस्रो पटक प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेताले १ लाख ट्रफी र मेडल पाउने छन । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैया पुरस्कार पाउने छन् । फाईनल खेलका उत्कृष्ठ गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र…

Read More

कनकाई, २६ चैत । झापाको कनकाई नगरपालिका–२ स्थित सुकेडाँगीमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ । सिरिसको रुखमा घाँस झार्न चडेका स्थानीय ५२ वर्षीय चेतबहादुर राई आइतबार साँझ साढे ५ बजे रुखबाट लडेर घाइते भएका थिए । घाइते राईको सोही दिन मृत्यु भएको हो । कानूनी प्रक्रिया पूरा गरेर मृतकको शवलाई पोस्ट म्याटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

Read More

झापा, २६ चैत । कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिनुभएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिनुभयो । त्यसैगरी, कोशी प्रदेश सरकारले कोशी प्रदेससभाको पाँचौं अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।

Read More

झापा, २६ चैत । श्रीमतीको हत्या गरेर फरार भएका एक जनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, लाटीकोइलीको सानो सुर्खेतका रामबहादुर रावतलाई प्रहरीले पक्राउ गरेको हो । रावतले ०६३ साल असार ९ गते घरमा श्रीमती गौरी रावतलाई कुटपिट गरी हत्या गरेका थिए । गौरीको मृत्यु भएपछि फरार भएका उनलाई १७ वर्षपछि जाजरकोटको जुनीचाँदेबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए । घटना लगत्तै भारततिर भागेका उनी १० वर्षपछि फर्केर जाजरकोटमै अर्को विवाह गरेर बसेको प्रहरीले जनाएको छ ।

Read More