
झापा, २७ चैत । संयुक्त अरब इमिरेट्स (यूएई) मा अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको छ ।
यूएईमै बस्दै आएका उनका श्रीमान् कैलालीका नेत्रप्रसाद न्यौपानेसँग आपसी विवाद हुँदा यूएईको अजमानस्थित चाइना मलको भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल एसोसिएसनका अध्यक्ष विकास शाहीले घटनाको पुष्टि गरेका छन् ।
केही दिनअघि दुई जनाबिच विवाद भएको र सोही क्रममा भवनबाट खसेर उनको मृत्यु भएको खबर आएको उनले बताए । घटनापछि श्रीमान न्यौपाने फरार भएका छन् ।
Facebook Comments Box


