
कनकाई, २६ चैत । झापाको कनकाई नगरपालिका–२ स्थित सुकेडाँगीमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ ।
सिरिसको रुखमा घाँस झार्न चडेका स्थानीय ५२ वर्षीय चेतबहादुर राई आइतबार साँझ साढे ५ बजे रुखबाट लडेर घाइते भएका थिए । घाइते राईको सोही दिन मृत्यु भएको हो । कानूनी प्रक्रिया पूरा गरेर मृतकको शवलाई पोस्ट म्याटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


