
झापा, २६ चैत । श्रीमतीको हत्या गरेर फरार भएका एक जनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, लाटीकोइलीको सानो सुर्खेतका रामबहादुर रावतलाई प्रहरीले पक्राउ गरेको हो । रावतले ०६३ साल असार ९ गते घरमा श्रीमती गौरी रावतलाई कुटपिट गरी हत्या गरेका थिए । गौरीको मृत्यु भएपछि फरार भएका उनलाई १७ वर्षपछि जाजरकोटको जुनीचाँदेबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए । घटना लगत्तै भारततिर भागेका उनी १० वर्षपछि फर्केर जाजरकोटमै अर्को विवाह गरेर बसेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


