jhapaonline add

झापा, १७ कात्तिक । वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुन्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् । गोरखाका ३० वर्षीय एक पुरुषका अनुसार उनी साथीमार्फत बियर कम्पनीमा मासिक १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रलोभनमा परी एक वर्षअघि लाओस पुगेका थिए । उनलाई ६० हजार रुपैयाँ लागतमा लाओस पुन्याइने भनिएको थियो । ु६० हजार रूपैयाँमा लाओस जान पाइने भएपछि परिवारमा कुरा राखें । सबै खुसी नै भए चिनजानका साथीहरूलाई खबर गर्दा उनीहरू पनि लाओस जान तयार भए ।…

Read More

झापा, १७ कात्तिक । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङबेसीमा हुने भएको छ । कात्तिक १८ र १९ गते हुने भेलाको सम्पूर्ण तयारी पुरा भएको विद्यार्थी छोज धींका अध्यक्ष अनिल तमुले बताए । धादिङमा गुरुङहरुको उल्लेख्य बसोबास रहेकोले पार्षद भेला धादिङबेसीमा आयोजना गरिएको नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं का केन्द्रीय समितिका अध्यक्ष विश्वराज गुरुङले बताए । पहिचानको आन्दोलनलाई निरन्तरता दिन र भाषा धर्म तथा परम्परालाई बुलंद बनाई सम्पूर्ण गुरुङहरुलाई एकताको सुत्रमा बाध्न पार्षद भेलाले सहयोग गर्ने अपेक्षा लिएको उनले बताए । भेला उद्घाटन अघि ‘तमु भेषभुषा तथा संस्कृति हाम्रो पहिचान, उत्पादन तथा रोजगारमुलक…

Read More

झापा, १६ कात्तिक । झापा मेचीनगर नगरपालिका–१ का राजन चिमरियाले आफ्नो जन्मदिनको अवसरमा शहीद परिवारलाई गाई प्रदान गर्नुभएको छ । चिमरियाले आफ्नो ५० औं जन्मदिनको अवसरमा आज शहीद प्रेम उप्रेतीका परिवारलाई होलिस्टन जातको उन्नत गाई प्रदान गर्नुभएको हो । शहीद परिवारलाई उत्पादनसँग जोड्नका लागि आफूले गाई प्रदान गरेको उहाँले बताउनुभयो । “सधैं कसैले कसैलाई दिएर सक्दैन”, उहाँले भन्नुभयो, “उत्पादनसँग जोड्न सकियो भने त्यो दीगो हुन्छ ।” चिमरियाले मेचीनगर–१३ स्थित काजीबारीमा बसोबास गर्दै आएको शहीद प्रेमको घरमा पुगेर उहाँका मातापिता गंगा र लक्ष्मिमा उप्रेतीलाई उक्त गाई हस्तान्तरण गर्नुभयो । अस्वस्थ्य अवस्थामा रहेका पिता गंगालाई समेत रू पाँच हजार एक सय प्रदान…

Read More

झापा, १६ कात्तिक । काँकरभिट्टाबाट लागु औषध खैरो हिरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज साँझ काँकरभिट्टास्थित मेची पुलबाट ७ ग्राम लागु औषध खैरो हिरोइसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँँपालिका–५ का ३२ वर्षीय भुपाल तामाङ र सोही स्थानका २१ वर्षीय सिजन तामाङ रहेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटङ्कीबाट मेचीपुल हुँदै को १४ प ४७६१ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई विशेष सूचनाका आधारमा उनीहरु पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुले मोटरसाइकलको हेन्डिलभित्र लुकाएर लागु औषध ल्याएका थिए । दुवै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा थप…

Read More

शिवसताक्षी, १६ कात्तिक । नेकपा एमाले शिवसताक्षीले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेकपा एमाले शिवसताक्षीद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा २०४६ साल अघि निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको हो । तत्कालिन अवस्थामा नेकपा एमालेबाट निर्वाचित ८० बढी पूर्व जनप्रनिधिहरुलाई सम्मान गरिएको नेकपा एमाले शिवसताक्षी नगर कमिटीले जनाएको छ । उनीहरुलाई केन्द्रिय सदस्य तथा नगर इन्चार्ज मेनुका काफ्ले, प्रदेश कमिटी सदस्य तथा क्षेत्र नंं ४ का सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद राधाकृष्ण खनाल, जिल्ला अध्यक्ष दिपक कार्की, जिल्ला सचिव शिव ढुंगेल, जिल्ला कमिटी सदस्य नरमाया कार्की, नगर अध्यक्ष मेगाहाङ्ग थोप्रा लगायतले दोसल्ला तथा…

Read More

झापा, १६ कात्तिक । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाली कांग्रेसको पार्टी सुदृढिकरणका लागि अब हुने महासमितिको बैठक महत्वपूर्ण हुने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा पार्टी केन्द्रीय सदस्यहरुले कार्यकर्ताको जिज्ञासा र चिन्ताप्रति आश्वस्त पार्दै पार्टीको तत्कालै हुन लागेको महासमिति बैठकको निर्णय महत्वपूर्ण हुने बताएका हुन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले वडातहदेखि संघीय सरकारमा समेत पार्टी सत्तामा रहेपनि कार्यकर्तामा निराशा देखिएको बताएकी छन् । पार्टीले उठाएका उम्मेद्वारलाई भोट हालेर बसेका कार्यकर्ताहरुले पार्टी कसरी चल्छ भन्ने चिन्ताले निराशा देखिएको गौतमले बताइन् । वर्तमानमा सांसद समेत रहेकी उनले भनिन्–‘पार्टीलाई भोट हालेका छन्, उनीहरुलाई केहि चाहिएको छैन,…

Read More

बिर्तामोड, १६ कात्तिक । बिर्तामोडको पश्चिम स्टेण्डमा रहेको अनिल किराना स्टोरमा म्याद गुज्रिएका अखाद्य वस्तु विक्री वितरण भईरहेको भन्ने गुनासो आएपछि आज अनुगमन गरिएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा उजुरी परेपछि बिर्तामोड नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनमा २ किलो कुहिएको छोकडा घाममा सुकाईरहेको फेला परेपछि जफत गरिएको छ । अनुगमनमा ३ दिन भित्रमा उपभोक्ताले देखिने गरी मुल्य सूची टांस्ने, तेल, बेसन लगायतका प्याकेटमा उत्पादन मिति स्पष्ट प्रिन्ट गर्न सम्बन्धित उद्योगहरुलाई निर्देशन दिने, प्याकिंग गर्ने खालका खाद्य वस्तुमा खाद्य अनुज्ञा पत्र लिने लगायतका निर्देशन दिएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो । हेलो…

Read More

झापा, १६ कात्तिक । आज टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम चरणको छनोट खेलमा नेपालले ओमानसँग खेल्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने नेपाल र ओमानबिचको खेल नेपाली समयअनुसार बिहान ९ बजे सुरु हुनेछ । समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । बिहीबार हुने खेलले समूह बितेको टुङ्गो लगाउने छ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् ।

Read More

झापा, १६ कात्तिक । बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक निर्माण रोकिएर अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भएपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । कार्यालयका सूचना अधिकारी गौतमकुमार देवका अनुसार विसंं २०७९ चैतमा साढे तीन किलोमिटर चार लेनको सडक निर्माण गर्ने गरी खरीढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले सम्झौता गरेको थियो । गत असोज २० गते निर्माण सम्पन्न गर्ने गरी रु ११ करोड ७० लाखमा ठेक्का लिएको कम्पनीको ढिलासुस्तीका कारणसमेत बजेटमा समस्या भएको उनले बताए । “गत आर्थिक वर्षमै काम सकेको भए बजेटको समस्या हुने थिएन”, उनले भने, “चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयमा यस सडक निर्माणको बजेट…

Read More

झापा, १६ कात्तिक । झापाको हल्दिबारी गाउँपालिका–४ वडावारी तामाङ बस्तीका बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठलाई ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सोमबारराति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उता १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया गुलरिया नगरपालिका–१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारुलाई प्रहरीले पक्राउ गरेको छ । थारूले सोमबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Read More