jhapaonline add

झापा, २ माघ । देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै हाल बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का…

Read More

शिवसताक्षी, २ माघ । झापाको कनकाई माइ मेला यस वर्ष निकै व्यवस्थित भएको देखिएको छ । अघिल्ला वर्षहरुमा भीड भाड हुने कनकाई पुलमा पैदल यात्रुको संख्या शून्य रहेको पाएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माइधाम वरपर भीड देखिए पनि जनपथ र ट्राफिक प्रहरीको सक्रियताले कनकाई पुलमा सवारी साधन सहज तरिकाले वार पार भएको थियो । मेला समिति संयोजक वडा नं. १० वडाध्यक्ष हर्क सिगुले २ सय ५० जना सुरक्षा कर्मी र नगर प्रहरी परिचालन गरिएको बताए । उनले मेलालाई अघिल्ला वर्षहरु भन्दा भक्तजनहरुको सुरक्षा र सावरी साधन जावत जावतलाई सहज बनाउन पर्याप्त मात्रामा स्वयमसेवक पनि परिचालन…

Read More

झापा, १ माघ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन कनकाई, माई, देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने,…

Read More

झापा, १ माघ । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लङ्घनकर्तालाई देश निकाला गरेको जनाएको छ । कुवेतले कानुन उल्लङ्घन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो । आन्तरिक मन्त्रालयका सबै शाखाले सक्रिय रूपमा निवास र रोजगार कानुनको उल्लङ्घन गर्ने व्यक्तिहरूलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको एक सुरक्षा अधिकारीले जनाएका छन् । रेसिडेन्सी र रोजगार कानुन उल्लङ्घन गर्नेहरूको ठुलो समूहलाई लक्षित गरी धरपकड गर्ने जनाइएको छ । आजको राजधानी दैनिकमा खबर…

Read More

झापा, १ माघ । मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी ९एफडिआई० मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिर महिनासम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो । चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा…

Read More

झापा, १ माघ । झापाको कनकाइको किनारमा लाग्ने मकर संक्रान्ति माइमेलाको विधिवत उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० कनकाई माइको किनारमा आइतबार नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले विधिवत उद्घाटन गरेका हुन् । मेला माघ २ गते राति १२ बजेसम्म लाग्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । मेला व्यवस्थापनका लागि विभिन्न समितिहरु गठन गरिएको मेला आयोजक शिवसताक्षी नगरपालिका वडा न १० ले जनाएको छ । नगरपालिकाले मेलालाई सहज बनाउँदै वडा नं. १० लाई सहजीकरणका लागि लगाइको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले मेलामा शान्ति सुरक्षाका राम्रो व्यवस्था मिलाइएको जनपथ प्रहरी, नगर…

Read More

बुधबारे, १ माघ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाले प्रथम झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । आइतबार प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आगामी फागुन २ गतेदेखि १२ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताएका छन् । झापा जिल्लाका पन्ध्रवटै पालिकाको सहभागी हुने प्रतियोगितामा बिजेताले नगद १ लाख रुपैँया, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छ भने उपबिजेताले नगद ५० हजार र मेडल, ट्रफी, प्रमाणपत्र पाउने बताइएको छ । खेल टी–२० को नियम अनुसार हुनेछ । अध्यक्ष प्रसाईंका अनुसार प्रत्येक टीममा १५ जना खेलाडीहरु हुनेछन् । जसमा ११ जना मुख्य खेलाडी र ४ जना बैकल्पिक रहने…

Read More

झापा, २९ पुस । नेपालका कोच समुदायले आज भाक्का दिवस भव्यताका साथ मनाएका छन् । यहाँका कोच समुदायले विगत सात वर्षदेखि पुस २९ गते भाक्का दिवस मनाउँदै आएका छन् । कोच राजवंशी समुदायको लोक परिकार तथा सांस्कृतिक उत्सवका रुपमा दिवस मनाउन थालिएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिनुभयो ।“परम्परागत परिकारको संरक्षण गर्नुका साथै खाना पर्यटनको विकास गर्न पनि दिवस मनाउँदै आएका छौं”, उहाँले भन्नुभयो, “आदिवासी जनजाति समुदाय राजवंशीमा भाक्काको विशेष महत्व छ ।” झापाको बिर्तामोड, भद्रपुर, राजगढ, मोरङ र सुनसरीका विभिन्न स्थानमा भाक्का दिवसको अवसरमा विविध कार्यक्रम गरिँदै छ । जसमध्ये झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा राजवंशी…

Read More

भद्रपुर, २९ पुस । जिल्ला कारागार झापामा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको १८ स्थापना दिवसको अवसरमा शनिबार कैद भुक्तान गरिरहेका कैदीहरुको पठन संस्कृतिको विकासका लागि पुस्तक हस्तान्तरण गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाले जनाएको छ । जिल्लाका विभिन्न पुस्तक तथा स्टेसनरी व्यवसायीबाट संकलित १ लाख ५२ हजार ६३६ बराबरको पुस्तक, स्टेसनरी र खेल सामग्री कैदीलाई प्रदान गरिएको महासङ्घ झापाले जनाएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाका पदाधिकारीले कारागार भित्रै एक कार्यक्रमको आयोजना गरी कैदीलाई पुस्तक प्रदान गरेको हुन् । व्यवसायीले प्रदान गरेको पुस्तक…

Read More

बनियानी, २९ पुस । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शिवसताक्षीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना र कमलमा दुई वटा मोटरसाइकल र एउटा स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो । ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा १४ च ६६०३ न.को कार र विपरीत दिशाबाट आइरहेको मे १० प ७२१२ न.को मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो…

Read More