jhapaonline add

झापा, २९ पुस । झापाको बुद्धशान्ति गाउँपालिका–७ निवासी अभिषेक बिककी श्रीमती इन्दिरा नेपाली पाँचथरको फिदिममा मृत अवस्थामा भेटिएकी छन् । फिदिम–२ पल्लोटारमा माइत गएकी नेपाली सदरमुकाम फिदिम नगरपालिका–४ स्थित गढीमा शनिबार बिहान ७ बजे मृत भेटिएकी हुन् ।आहालगैरीदेखि क्याम्पसमोड जाने बाटोमा नवनिर्मित रिञ्जी शेर्पाको घर अगाडि बाटोको भित्तामा शव भेटिएको प्रहरीले जनाएको छ । सडक छेउको डिलदेखि झर्दा नेपालीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव पोस्टमार्टमका लागि पाँचथर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहले बताए । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

Read More

झापा, २९ पुस । जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गर्छन् । त्यसैले उनीहरूको समीप जान हुँदैन । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन र कनकाई नगरपालिका–२ सुकेडाँगी सामुदायिक वन क्षेत्रमा दुईवटा छावा जन्मिएका वन डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताए । “पाँचपोखरी र सुकेडाँगी वन क्षेत्रमा मङ्सिर महिनातिर दुईवटा छावा जन्मिएको सूचना हामीले पाएका छौँ,” उनले भने, “भर्खर जन्मिएका सन्तानलाई हात्तीले हूल बाँधेर सुरक्षा दिने हुँदा छावा जताजता जान्छ उतैतिर हात्तीको बथान गइरहेको छ ।” छावालाई असुरक्षा नहोस् भनेर माउ…

Read More

ओखलढुङ्गा, २८ पुस । प्रदेशस्तरीय अन्तरपालिका स्तरीय अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा सञ्चालित अन्तरपालिकास्तरीय अध्यक्ष कप फुटबलमा माङ्सेबुङ गाउँपालिकाले आयोजक मानेभञ्ज्याङलाई २–१ गोलअन्तरले पराजित गर्यो । हिजो भएको फाइनलमा माङ्सेबुङको जीतमा टीकाराम योङहाङ र निर्मल राईले एक–एक गोल गरे । मानेभञ्ज्याङका लागि विकास राईले एक गोल फर्काए । विजेता माङ्सेबुङले नगद रु पाँच लाखसहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीद्वारा निर्मित रनिङ शिल्ड साथै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद रु तीन लाखसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको सेमिफानलमा पुगेका…

Read More

झापा, २८ पुस । निर्यातमा नगद अनुदानका लागि थप एक अर्ब रुपियाँ माग गरिएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको निर्यात नगद अनुदान रकम खर्च भइसकेकाले उद्योग विभागले एक अर्ब १० करोड रुपियाँ माग गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आवका लागि निर्यातमा नगद अनुदानका लागि ९० करोड रुपियाँ छुट्याएको थियो । सरकारले निर्यात प्रवर्धनमार्फत मुलुकको व्यापार घाटा न्यूनीकरण गर्दै अर्थतन्त्र सबल बनाउन नेपालबाट निर्यात हुने हस्तकला, सिमेन्ट, कृषिजन्य उत्पादन, चिया, पस्मिना, प्लाइउडलगायतका वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गर्दै निर्यात प्रोत्साहन नीति लिएको छ । मङ्सिर महिनासम्म सो रकम खर्च भइसकेकाले थप माग…

Read More

कनकाई, २९ पुस । झापाको कनकाई नगरपालिकालाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले पुस २७ र २८ गते ललितपुरमा आयोजना गरेको ३२औं केन्द्रिय सभाको अवसरमा कनकाई नगरपालिकालाई विशेष सम्मान गरेको हो । नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्री वितरण साथै सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन (२०८०) जारी गर्दै मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरी मुटु रोग, दीर्घ स्वासप्रश्वास, क्यान्सर जस्ता नसर्ने घातक रोगहरुबाट नगरबासीलाई जोगाउन नगरपालिकाको तर्फबाट खेलेको महत्वपूर्ण भुमिकाको उच्च मुल्याङ्कन गर्दै कनकाई नगरपालिकालाई सम्मान गरेको आयोजक संस्थाका केन्द्रिय अध्यक्ष बलराम न्यौपानेले बताएका छन् । कनकाई नगरपालिकाले गरेको ऐतिहासिक निर्णयबाट नेपाल हृदयरोग निवारण प्रतिष्ठानको उद्येश्य प्राप्तीमा…

Read More

झापा, २८ पुस । कार्ड अभावले चालक अनुमति पत्र ९लाइसेन्स० जारी गर्न नसकिरहेको अवस्थामा ६ लाख थान कार्ड जर्मनीबाट आएपछि यातायात व्यवस्था विभागलाई राहत मिलेको छ । जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिहान लाइसेन्स कार्ड आइपुगेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताएका हुन् । विभागसँग करिब ४५ हजार मात्र कार्ड भएको अवस्थामा थप ६ लाख थान आएपछि वितरण खुकुलो पारिनेछ । पर्याप्त कार्ड नभएकाले ६ महिनायता सीमित मात्रामा लाइसेन्स वितरण गरिँदै आएको छ । प्राप्त कार्ड पर्याप्त भने होइनन् । परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको सङ्ख्या १४ लाख ५८ हजार पुगेको छ । म्युह्लवार कम्पनीले १२ लाख कार्ड…

Read More

झापा, २८ पुस । बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्लका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरएको छ । दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यानका २८ वर्षीय बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो…

Read More

विराटनगर, २७ पुस । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र मण्डल र प्रदेशसभा सदस्य गयानन्द मण्डलले गरे । उद्योगको उद्घाटन गर्दै उनले रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान सुरु भएको बताए । स्वदेशमा नै उत्पादन हुने प्राङ्गारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहाकारलाई कम गर्ने उनको भनाई छ । १० करोड लागतमा जीवन विकासले स्थापना गरेको…

Read More

बिर्तामोड, २७ पुस । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी राजकुमार घिमिरे (राजु) उम्मेदवार बन्ने निश्चित भएको छ । घिमिरेले संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्ररुपमा उम्मेदवारी दिने मनसाय बनाएको बताउनु भयो । उहाँ हाल संघको वाणिज्य उपाध्यक्ष हुनुहुन्छ । वाणिज्य संघ कुनैपनि पार्टीको राजनीति गर्ने थलो नभइ व्यवसायीको हितमा काम गर्ने संस्था हुनुपर्नेमा घिमिरेको जोड छ । आफु पार्टीगत नभइ स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै उहाँले व्यवसायीले यसकुरालाई सकरात्मकरुपमा लिने विश्वास व्यक्त गर्नु भयो । व्यवसायीका विभिन्न प्रकारका कर र बैकिंग क्षेत्रका समस्या रहेपनि उनीहरुको हितमा वाणिज्य संघले कुनै काम गर्न नसकेको घिमिरेको गुनासो छ । बैठकमा व्यवसायीका समस्याको बारेमा पटक…

Read More

सुधीर सापकोटा सुधीर सापकोटा इलाम । गोर्खे बजारमा टेम्पो कुदेको देखेर पुरानो झझल्को आयो । भनिन्छ बाटो बिकासको मेरुदण्ड हो । बिगतको गोर्खे बजारलाई फर्केर हेर्दा आज भन्दा करिब ५–६ वर्ष अघि यही बाटोको असहज वातावरण ले यहाँ का धेरै मानिसहरु बसाइँसराई हिँडेको अवस्थामा अहिले आएर फिक्कलदेखि करिब गोर्खे बजारसम्मको बाटोको अवस्था पहिलाको तुलनामा धेरै राम्रो बनेको छ । र, यहाँका जनताहरुले ठुलो राहत महसुस गरेको छ । यु भुमिकामा हाम्रो वडा नम्बर १ को जनप्रतिनिधि र नगर प्रमुखको विशेष हात रहेको छ र हामी आम जनता आभारी छौं । अब मानेभञ्ज्याङसम्मको बाटो राम्रो हुने हो भने यहाँका भेगका जनताहरुको…

Read More