
राजेश ढुंगाना
जीवन बीमा गरेको छु
ईश्वरले खेलेको
बीमा कम्पनीमा
लम्पसार परेर
यमराजको डरले
अंग र
शरीरको होइन
जीवनको
यो, आज एक्कासी
जीवन बीमा गर्दा
ईश्वरको बहि–खातामा
म थोरै लजाएको छु
र म थोरै
आफैसँग घिनाएको पनि छु
म
एउटा
अध्यात्मवादी
तर
अनिश्वरवादी
तर मैले
ईश्वरको बहि–खाताको
बीमा कम्पनीमा
आज एक्कासी
जीवन बीमा गरेको छु
निर्लज्ज भएर
आधा बाँकी जीवनमा
यमराजको डरले
चिरञ्जीवी हुने विश्वासमा ⁄
ट्ट
Facebook Comments Box


