jhapaonline add

इलाम, २५ फागुन । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । राईले १४ हजार ५४३मत प्राप्त गर्नु भएको छ । सूर्योदय नगरपालिका ४ श्रीअन्तुका स्थायी बासिन्दा ३५ वर्षीय राई विजयी भएर यस क्षेत्रमा काङ्ग्रेसले २७ बर्ष पछि जीत निकालेको छ । राई व्यवस्थापन सङ्कायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत हुनुहन्छ । राई नेपाली काङ्ग्रेसको इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन् । प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हाल्नु भएका राई पूर्वक्षेत्रीय सहसचिवसमेत हुनुहुन्थ्यो । शङ्करदेव क्याम्पस, काठमाडौँमा लामो समय अध्यापन गराउनु भएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी…

Read More

दमक, २५ फागुन । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–६, गुवाबारीमा मे ११ प ६०५० नम्बरको मोटरसाइकल रोकि चेकजाँच गर्दा कमल–६ बस्ने ३२ वर्षका चालक लक्ष्मण राजवंशीको कपडाको गोजीमा पोका–पोका पारेर राखिएको खैरो हेरोइन जस्तो देखिने लागुऔषध ३ ग्राम ४४० मिलिग्राम बरामद गरेको छ। प्रहरीले राजवंशीलाई नियन्त्रणमा लिँदै तल उल्लेखित सामान समेत बरामद गरेको छः नेपाली नगद रु २२,००० वजाज कम्पनीको २२० सिसिको पल्सर मोटरसाइकल (मे ११ प ६०५०) रेडमी कम्पनीको मोबाइल फोन १ थान बरामद गरिएको लागुऔषध तथा अन्य सामग्रीसहित राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Read More

गोरखा, २५ फागुन । गोरखामा फागुन २१ गते भएको निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ विजयी हुनुभएको छ । गुरुङले २९९०० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेम कुमार खत्रीले १५२४६ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले १११२४ र नेकपा एमालेका रामचन्द्र लामिछानेले ३७३२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।

Read More

लीलाराज झापालीझापा गाउँपालिका, ८ फागुन । १० वर्षे माओवादी जनयुद्धमा राज्यपक्षबाट शहिद भएका शहिद परिवारसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार पुरुषोत्तम चुडालले भेटघाटलाई तीव्र बनाएका छन् । उनले झापा क्षेत्र नम्बर ४ अन्तरगत झापा गाउँपालिका–१ का शहिद परिवारसँगको भेटघाट तीव्र बनाएका हुन् । उनी समेत माओवादी जनयुद्धकालमा वर्षौंसम्म कठोर बन्दी जीवन बिताएका राजनीति पीडित युवा हुन् । उनलाई झापाको सुरुङ्गाबाट पक्राउ गरी तत्कालीन शाही सेनाले महिनौंसम्म बेपत्ता बनाएको थियो । सेना–प्रहरीको आक्रमणमा परेर मृत्यु भएका झापा गाउँपालिका–१ सितुमारीका भीम खनाल (बाबा) र डिल्लीराम लिम्बू (गगन)को घरमा उम्मेदवार चुडाल पुग्दा घरमा सबैको आँखामा आँशु रसाएका थिए । निर्वाचनकै दौरानमा लामो…

Read More

झापा, ८ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर…

Read More

बिर्तामोड, ८ फागुन । झापाको बिर्तामोडस्थित प्रहरी चौकी बिर्ताबजारमा एक समूहले तोडफोड गरेको छ । बिर्तामोड–३ स्थित काजी पार्टी प्यालेसमा काम गर्ने बाह्रदशी–४ का सुजन राईलाई सोही पार्टी प्यालेसका सञ्चालक बिर्तामोड–३ का २९ बर्षीय आकाश खड्का, सोही पार्टी प्यालेसमा काम गर्दै आएको ४० बर्षीय कोमल शिवाकोटी, अर्जुनधारा–९ का २७ बर्षीय विपिन बुढाथोकीले सामान्य विवादमा कुटपिट गरेका थिए । प्रहरीले कुटपिट गर्ने तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरी चौकी बिर्ताबजारमा ल्याएर राखेको थियो । सुजन राई पक्षका करिब ३५–४० जनाको संख्यामा आएको उत्तेजित भीडले प्रहरी चौकी तोडफोड गरेका हुन् । जसबाट प्रहरी चौकी बिर्ताबजारको कार्यालयको अगाडिको झ्यालको सिसा फुटेको छ भने कार्यालयको…

Read More

झापा, ८ फागुन । झापाको कचनकवल गाउँपालिकामा किराना पसलको सटर फुटाएर चोरी गर्ने दुई जना पक्राउ परेका छन् । कचनकवल–७ बालुबाडीस्थित बुधकरण राजवंशीको किराना पसलमा सटर फुटाएर नगद र विभिन्न सामग्री चोरी गर्ने उनीहरु पक्राउ परेका हुन् । गत माघ १४ गते भएको चोरीको विषयमा अनुसन्धान गर्ने क्रममा बिहीबार साँझ भद्रपुर–१ दशरथपुरका २२ वर्षीय भगिराज विश्वकर्मा र सोही स्थानकी १८ वर्षीय निर्मल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले किराना पसलको सटरको ताल्चा फोडेर नगद १० हजार, एनसेलको रिचार्ज कार्ड तीन हजार र किराना सामानहरू अन्दाजी पाँच हजार गरी करिब १८ हजार रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ ।…

Read More

झापा, ८ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । त्यसैगरी आज राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने छ भने बाँकी प्रदेशमा मुख्यतया मौसम…

Read More

मोरङ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ को अवसरमा विराटनगरमा आज बिहान प्रभातफेरी निकालिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गर्दै जन–आन्दोलन चोकमाा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा कोसी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, राष्ट्रसेवक कर्मचारी, विद्यार्थी, सुरक्षा निकायका प्रमुख, विभिन्न संघसस्थाका प्रतिनिधिको हरुको उल्लेखनीय सहभागिता रहेको थियो । सो अवसरमा बोल्नुहुँदै कोसी प्रदेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनताले त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र र प्रजातन्त्रलाई जोगाउन प्रजातान्त्रिक आन्दोलनका सहभागी सम्पूर्ण शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधानमाथि अहिले विभिन्न तवरले प्रहार गर्ने प्रयास भइरहेकाले प्रजातन्त्र दिवसको महत्त्वपूर्ण दिनमा नेपालको लोकतान्त्रिक…

Read More

झापा, ७ फागुन । नेकपा एमालेको घोषणापत्र सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नारासहित आफ्नो संकल्प सार्वजनिक गरेको छ । घोषणापत्रमा एमालेले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको रक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । मुलुकलाई अस्थिरताको चक्रबाट बाहिर निकाली विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै अध्यक्ष ओलीले २०७२ सालको संविधान जारी भएपछिको विकासको नेतृत्व एमालेले नै गरेको दाबी गरेका…

Read More