jhapaonline add

बिर्तामोड, १९ माघ । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले आज सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो । माघ २४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजकको टिम झापा ११ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । त्यस्तै, माघ २५ गते त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष केदार गिरीले बताए । त्यस्तै, प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल माघ २६ गते उद्घाटन खेलको विजेता र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ । दास्रो क्वार्टर फाइनल खेल माघ २७ गते दोस्रो दिनको विजेता र…

Read More

झापा, १९ माघ । पारिवारिक कथावस्तुमा आधारित नेपाली चलचित्र ‘तिलस्मी’को आजदेखि छायाँकन शुरु भएको छ । सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तिलस्मी’को झापाको हल्दिबारी–१ स्थित सिंहबाहिनी मन्दिर शुभमूर्हत गरेसँगै छायाँकन शुरु भएको हो । चलचित्रकी कथाकार एवम् निर्देशक तारा अधिकारीले पारिवारिक कथावस्तुमा आधारित चलचित्र ‘तिलस्मी’ अचम्म लाग्ने, विश्वासै गर्न जादुगरी हुने बताउनुभयो । चलचित्रको ९५ प्रतिशत छायाँकन झापामै हुने र केही इलामको कन्याम लगायतको स्थानमा हुने उहाँले बताउनुभयो । “कथावस्तुले झापालाई निकै मिल्ने भएकाले झापालाई नै छायाँकन मूल स्थान बनाएका हौं”, उहाँले भन्नुभयो, “अरुतिर पनि केही छायाँकन हुनेछ ।” करिब २० दिनमा छायाँकनको काम सकिने उहाँले…

Read More

झापा, १९ माघ । झापाको गौरादह नगरपालिका–४ रामचन्द्रे खोलाको पुलस्थित भित्री सडक खण्डमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जनाभन्दा बढी घाइते भएका छन् । आज करिब ७ः२० बजे गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–००१ त. ९७२० नम्बरको ट्याक्टर अनियन्त्रित भई पुलबाट खोलामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङ रतुवामाई–८ बस्ने ३८ वर्षीया स्वस्तिका मर्डी गम्भीर घाइते भई उपचारको क्रममा दमकस्थित निम्स अस्पतालमा ७ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको छ । अन्य घाइतेहरुमा ५० वर्षीया मुनीमती सतार, १५ वर्षीया सन्तोषी किस्कु, ६० वर्षीय एतोबार मुर्मु, २३ वर्षीया बिनिता मर्डी, २०…

Read More

बिर्तामोड, १९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस बद्लिएर निर्वाचनमा होमिएको बताउनुभएको छ । कांग्रेस चुनाव प्रचार समिति झापा क्षेत्र नं. २ ले बिर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले कांग्रेसले आफैँबाट नेतृत्व र नीति परिवर्तन गरेर चुनावमा होमिएको बताउनुभयो । “हामी त्यसै आएका छैनौं”, उहाँले भन्नुभयो, “दूर दराजका सबै क्षेत्र घुमेर त्यसको विकासका लागि योजनासहित आएका छौं ।” जेनजी विद्रोहपछि टुटेको दलहरुप्रतिको जनविश्वास जोड्ने तागत कांग्रेसमा मात्रै भएको उहाँले बताउनुभयो । “जेनजीले उठाएको माग सम्बोधन गर्ने क्षमता कांग्रेसमा छ”, उपसभापति शर्माले भन्नुभयो, “नीति र नेतृत्व बदलेर देश बनाउने संकल्पसहित कांग्रेस अघि बढेको छ ।” विशेष महाधिवेशनको…

Read More

सन्तोष शर्माभद्रपुर, १९ माघ । कोशी पाथीभरा इण्डो नेपाल टि–२० च्याम्पियनसीपको तयारी पूरा भएको छ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा माघ २१ गतेदेखि २९ गतेसम्म झापाको भद्रपुर नगरपालिका–८ स्थित मेची क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । लिग ढाँचामा सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका आठ वटा टिमको सहभागिता रहने प्रतियोगिता संयोजक गौरब सुब्बा (मनोज)ले जानकारी दिनुभयो । “नेपाल–भारत बीचको खेलकुद मैत्री आपसी सम्बन्ध सांस्कृतिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ”, उहाँले भन्नुभयो, “प्रतियोगिताको मुख्य उद्देश्य भद्रपुर…

Read More

झापा, १९ माघ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ । त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ । यसबीचमा निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा…

Read More

झापा, १९ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलर उच्च मूल्यमै स्थिर छ । बहराइन दिनारसहित केही मुद्रा महँगिएका छन् । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित विदेशी मुद्राको विनिमयदर भने आज घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज पनि अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ । अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो । गएका तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा स्थिर छ । त्यसैगरि आज युरो १ को खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर…

Read More

झापा, १९ माघ । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपातरवर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ । सोमबार तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। देशका हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ । मंगलबार सबै हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना रहेकोले ती भू–भागहरूमा चिसो बढ्ने…

Read More

झापा, १९ माघ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मङ्गलवार र बुधवार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो । आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलवार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । तर ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ भने…

Read More

भद्रपुर, १९ माघ । झापाको भद्रपुर नगरपालिका–५ स्थित भोजपुर ज्वेलर्समा एक व्यक्तिले नक्कली सुन धरौटी राख्न खोज्दा पक्राउ परेका छन् । प्रहरीका अनुसार गत माघ १५ गते साँझ उदयपुर चौदण्डीगढी नगरपालिका–३ का ४३ वर्षीय जीतबहादुर बिकलाई पसलले शंका गरी वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको र उनलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि कार्यालयमा ल्याइएको हो । माघ १६ गते थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको र मुलुकी अपराध संहिता २०७४ अनुसार ठगी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा अभियुक्तले यसअघि पनि…

Read More