jhapaonline add

चर्चित गायक शिव परियार र गायिका समीक्षा अधिकारीले अमेरिकाका विभिन्न सहरमा साङ्गीतिक टुर गर्ने भएका छन्। उनीहरूसँगै नेपाली ब्लुज ब्यान्ड मुक्ति एन्ड रिभाइभलले पनि अमेरिकामा साङ्गीतिक यात्रा गर्ने भएको छ। थ्रीई इन्टरटेनमेन्ट, युएसएको आयोजनामा हुन लागेको टुर अमेरिकामा रहेका नेपाली समुदायलाई मनोरञ्जन र सांस्कृतिक माहोल प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। ‘दसैँ(तिहार धमाका यूएसए टुर २०२६’ नाम दिइएको कार्यक्रममा गायिका समीक्षा अधिकारी र शिव परियारले करिब २० शो गर्नेछन्। उनीहरूको साङ्गीतिक यात्रा आगामी सेप्टेम्बर २५ मा अस्टिन र सेप्टेम्बर २६ मा डलासबाट सुरु हुनेछ। त्यसपछि अक्टोबर २ मा कोलम्बस, अक्टोबर ३ मा एक्रोन, अक्टोबर ९ मा ह्यारिसबर्ग, अक्टोबर १०…

Read More

काठमाण्डौ, २ भदौ । टप एन्ड टी–२० श्रृंखला खेल्न नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ । टोली गएराति त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । अष्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई क्यानले अस्ति आइतवार बिदाइ गरेको थियो । यसपटक अष्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्नेछन् । यही शुक्रवारदेखि शुरु हुने टप एन्ड टी–२० श्रृंखलामा नेपाल ‘ए’ ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्नेछ । नेपालले शनिवार बङ्गलादेशको हाई पर्फर्मेन्स, भदौ ८ मा होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ मा भिक्टोरिया सिए–११ सँग खेल्ने…

Read More

धरान, २ भदौ । ट्राफिक प्रहरीलाई चेकिङका क्रममा हातपात गरेको आरोपमा धरान उपमहानगरपालिका–११ का ३८ वर्षीय सोमप्रसाद राई पक्राउ पर्नुभएको छ । साउन ३० गते धरान–२, माछाभौडीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा राईले ट्राफिक प्रहरी प्रहरी सहायक निरीक्षक (प्रसनि) सुवास बिकलाई हातपात गरेको आरोप छ । घटनाबारे जानकारी पाएपछि प्रहरीले राईलाई बागमती प्रदेश ०६००९ प ८८३ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबु राईले जानकारी दिनुभयो । पक्राउ परेका राईलाई अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीबाट साउन ३० गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप गरी धरानस्थित प्रहरी…

Read More

हेटौँडा, २ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो । घाइते हुनेमा जिल्ला अदालत पर्साका मुख्य न्यायाधिश गोकर्ण डाँगी, रजिस्ट्रार र तारादत्त बडु, बडुको श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा रितेन्द्र बडु, रिता बडु र गाडी चालक छुनिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको जनाइएको छ । अन्य घाइतेको अवस्था मध्यम रहेको छ…

Read More

बाँके, २ भदौ । प्रहरीले बाँकेको कोहलपुरबाट भारी परिमाणको अवैध लागुऔषध अफिम र चरेससहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा रुकुमपूर्व सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर–६ का ६० वर्षीय टोपजङ्ग भन्ने टाइपसिंह गिरी रहेका छन् । विशेष टोलीले उनीहरूको साथबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेस बरामद गरेको छ। साथै, नापतौलका लागि प्रयोग गरिने १ थान डिजिटल तराजु, नगद रु ५ हजार र २ थान मोबाइलसमेत जफत गरिएको छ । जिल्ला प्रहरी…

Read More

झापा, २ भदौ । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा टोली गठन गरेको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले विभिन्न मागहरू राखेर आन्दोलनको घोषणा गरेका थिए । उनले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमासमेत विभिन्न मागहरू प्रस्तुत गरेका थिए । सोही सन्दर्भमा वार्ता गरी समस्या समाधानका लागि सहजीकरण गर्न नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले जनाएको छ । वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र…

Read More

झापा, २ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर…

Read More

झापा, २ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई…

Read More

झापा, १ भदौ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनका लागि भएको तीनबुँदे सहमतिसँगै नेकपा कोशी प्रदेश सरकारमा सहभागी भएको छ । दुई पार्टीबीच भएको सहमतिअनुसार नेकपा औपचारिक रूपमा सरकारमा सहभागी भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिमण्डल विस्तार तथा जिम्मेवारी हेरफेर गर्नुभएको हो । मन्त्रिमण्डल विस्तारसँगै नेकपाका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानून, गीता तिम्सिनालाई सामाजिक विकास, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नेकपाले चार मन्त्रालयका लागि पाँच जनालाई सरकारमा पठाएको छ ।…

Read More

झापा, १ भदौ । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ)बाट सङ्क्रमित हुनेको सङ्ख्या ६३ पुगेको छ । सङ्क्रमितमध्ये १६ जनाको मृत्यु भएको छ। परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म २२ जिल्लाका ५० स्थानीय तहमा जेइका सङ्क्रमित भेटिएका छन् । देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएकामा ६३ जनामा जेइ सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो पाँच दिनमा मात्रै नौ जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये ३४ पुरुष र २९ महिला छन् । हाल ३१ जना उपचाररत रहेको महाशाखाले जनाएको छ । जेइ सङ्क्रमणबाट मृत्यु भएका १६ जनामध्ये कसैले पनि जेइविरुद्धको खोप नलगाएको पाइएको छ । मृत्यु हुनेमा नौ…

Read More