
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
मोरङ, १२ चैत । विराटनगरमा गत चैत ६ गते आफ्नै श्रीमती कोमल कुमारी साहको हत्या गरी शव लुकाउने प्रयास गरेको आरोपमा उनका श्रीमान् रोशन साह र जेठाजु दिपेन्द्र साहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार रोशनले श्रीमतीलाई सारी र गलबन्दीले घाँटी कसी हत्या गरेका थिए । शवलाई तन्नामा पोको पारेर दाजुसँग मिलेर सिटी सफारीमा राखी छाला फ्याक्ट्री नजिकैको नालीमा फालेका थिए । शव फालेको दुई दिनपछि रोशनले प्रहरीमा ‘श्रीमती हराएको’ भन्दै निवेदन दिएर अपराध लुकाउने प्रयास गरेका थिए । तर, चैत १० गते स्थानीयले शव फेला पारेपछि अनुसन्धानले उनीहरूलाई दोषी ठहर गरेको हो । प्रहरीले घटनामा प्रयोग भएको…
झापा, १२ चैत । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा रु दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच…
झापा, १२ चैत । झापा, सुनसरी र उदयपुरबाट प्रहरीले बुधबार लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका–९ का ३३ वर्षीय दिनेश कुर्मीलाई लागुऔषध ब्राउनसुगर २ ग्राम ६९० मिलिग्रामसहित भद्रपुर–५ मेचीपुलबाट पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित पानीट्याङ्कीबाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३० वर्षीय रितिक थामीलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन ६१० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय कटारी उदयपुरले कटारी नगरपालिका–५ बरमझीयाका ३३ वर्षीय तुलबहादुर थापालाई १० किलोग्राम गाँजासहित उनकै घरबाट पक्राउ गरेको छ ।…
झापा, १२ चैत । २०८२ वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटनामा ४७९ जनाको मृत्यु भएको भने ३८ जना घाइते भएका छन् । भएका छन् । विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै, एक हजार ८०० जना घाइते भएका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन् । यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका…
झापा, १२ चैत । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने…
झापा, १२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तथा डिजेल मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकेको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य…
झापा, ११ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१…
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने तथा तराईका…
बिर्तामोड, १० चैत । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ मा घटना दर्ता, सामाजिक सुरक्षा, लागूपदार्थ दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । वडाभित्र रहेका ३६ वटा टोल विकास संस्थालाई तालिका बनाएर नागरिकता, घटना दर्ता, सामाजिक सुरक्षा, लागूपदार्थ दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भइरहेको वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो । आज आयोजित कार्यक्रममा घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी विषयमा बिर्तामोड नगरपालिकाका अधिकृत विमल पोख्रेलले प्रशिक्षण दिनुभयो भने लागूपदार्थ दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी विषयमा इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडका प्रहरी सहायक उपनिरीक्षक प्रदीप आले मगरले प्रशिक्षण दिनुभएको थियो । विशेषगरी पञ्जिका सम्बन्धी नीतिगत…
झापा, १० चैत । सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ । पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला निकायसँग छलफल अघि बढाएको हो । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारीस्वरुप मन्त्रालय आन्तरिक छलफलमा जुटेको जानकारी दिए । यस सम्बन्धमा यातायात व्यवस्था विभागले पनि छलफल अघि बढाएको छ । सरकारले खाना पकाउनको लागि ग्याँसको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्न पनि आग्रह गर्दै आएको छ । अमेरिका, इजरायल र इरानको कारण खाडी मुलुकहरुमा बढेको द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य बढेको…