
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ८ चैत । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो । चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा यहाँको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहरका किनारमा धुमधामका साथ मनाइने गरिएको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको…
झापा, ८ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा…
बिर्तामोड, ७ चैत । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट टोल विकास संस्थाहरूलाई सम्मान गरेको छ। वडा कार्यालयको सभाहलमा आज आयोजित कार्यक्रममा वडा कार्यालयमा खरिदार पदमा कार्यरत कर्मचारी गीतादेवी ढुंगानालाई ‘वर्ष उत्कृष्ट कर्मचारी’को रूपमा सम्मान गरिएको छ । उहाँलाई ५ हजार १ सय नगदसहित सम्मान गरिएको हो । यसैगरी, वडा कार्यालयले तीन वटा टोल विकास संस्थालाई ‘वर्ष उत्कृष्ट टोल’का रूपमा सम्मान गरेको छ। सम्मानित हुने टोलहरूमा पञ्चकन्या उन्नति टोल, कालिका नगर टोल र आदर्श नगर टोल विकास संस्था रहेका छन्। उत्कृष्ट कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधिहरूलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर…
झापा, ७ चैत । झापाको बिर्तामोड नगरपालिका–७, गरामनीमा गएराति हावाहुरी र वर्षासँगै आएको चट्याङले एक घरमा क्षति पुर्याएको छ। चट्याङले बिर्तामोड–७ का गणेश श्रेष्ठको दुई तले पक्की घरमा घरमा जडान गरिएको विद्युत् मिटर बक्स, पानी तान्ने मोटर १ थान, साथै सम्पूर्ण वायरिङ तार जलेर नष्ट भएको हो । उक्त घटनामा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ७ चैत । झापा जिल्लाको कचनकवल गाउँपालिका–४, खुट्टामुनिमा आज एक कुखुरा फर्ममा आगलागी भएको छ । यहाँस्थित जमाल मियाले सञ्चालन गरेको बोइलर कुखुराको फर्ममा विद्युत् तार सर्ट भई आगलागी भएको हो । प्रहरी र स्थानीयको सहयोगमा आगो दिउँसो १ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो भने आगलागीबाट करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । नष्ट भएका सामग्रीहरूबोइलर कुखुराका चल्ला – १,४०० वटा (अ.मु. रु. १,६१,०००)प्लास्टिकको पानी र दाना बट्टा – २०० सेट (अ.मु. रु. ७०,०००)बिजुली वाइरिङ्ग – (अ.मु. रु. ६०,०००)दाना – १३ बोरा (अ.मु. रु. ५५,२५०)भुस – ३० बोरा (अ.मु. रु. ६,०००)औषधि – (अ.मु. रु. १५,०००)टाटी बेरा…
झापा, ७ चैत । झापाको गौरादह नगरपालिकामा चट्याङका कारण गएराति घरमा आगलागी भएको छ । गौरादह नगरपालिका–६ धोपा टोलस्थित अजय कुमार झाको घरमा चट्याङ पर्दा शुक्रबार ११ः३० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ५० वर्षीय झाको टिनको छानो र बाँसको टाँटीले बेरेको एकतले भान्साघर र त्यसैसँग जोडिएको गोठ (ग्वाली) मा आगलागी भएको छ । आगलागीबाट भान्साघर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् । घरभित्र रहेका ग्यास सिलिन्डर, ८० केजी चामल, साइकल, विद्युत् मिटर, वाइफाइ राउटर, भाँडाकुँडा, अन्नपात र फर्निचर जलेका छन् । गोठमा रहेका ६ वटा बाख्रा (२ वटा माउ र ४ वटा पाठा)…
झापा, ७ चैत । नेपालमा गएको एक महिनामा विपद्जन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले फागुनमा ५०२ वटा विपद्जन्य घटना भएको र ती घटनाबाट १८ को मृत्यु र १२४ जना घाइते भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा पाँच पुरुष, नौ महिला र चार जना बालबालिका छन् । यसैगरी घाइते हुनेमा ५३ पुरुष, ५३ महिला र १८ जना बालबालिका रहेका छन् । ती विपद्मा ७४ वटा घर, ३५ वटा गोठमा क्षति पुगेको र १०६ वटा पशुचौपाय मरेको प्रहरी मुख्यालयले जनाएको छ । ती विपद्बाट ५० परिवार विस्थापित भएका छन् ।…
सन्तोष शर्माझापा, ७ चैत । अघिल्लो वर्ष किसानलाई यतिबेला चैतेको रोपाइँ गर्न भ्याइ–नभ्याइ थियो । तर, यो पटक गत वर्षको जस्तो उत्साह र जाँगर किसानमा छैन । कारण हो, मूल्य । दुई वर्षअघि किसानले बर्खे र चैते दुवै धानको मूल्य राम्रो पाएका थिए । सरकारले समेत बेलैमा चैते धानको मूल्य तोक्दा किसानमा उत्साह थपिएको थियो । बजार भाउ पनि राम्रै मिलेको थियो । तर, पछिल्लो पटकको चैते धान र बर्खे धानले अघिल्लो वर्षको जस्तो मूल्य पाएन । गत वर्ष किसानले चैते धानको मूल्य मुस्किलले ६ सयदेखि ७ सय रुपैयाँसम्म प्रतिमन (४० किलो) पाएका थिए भने बर्खे धान १२ सयदेखि १३…
झापा, ७ चैत । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने…
झापा, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरअसिनारहावाहुरीसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत…