
झापा, ७ चैत । झापा जिल्लाको कचनकवल गाउँपालिका–४, खुट्टामुनिमा आज एक कुखुरा फर्ममा आगलागी भएको छ ।
यहाँस्थित जमाल मियाले सञ्चालन गरेको बोइलर कुखुराको फर्ममा विद्युत् तार सर्ट भई आगलागी भएको हो । प्रहरी र स्थानीयको सहयोगमा आगो दिउँसो १ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो भने आगलागीबाट करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
नष्ट भएका सामग्रीहरू
बोइलर कुखुराका चल्ला – १,४०० वटा (अ.मु. रु. १,६१,०००)
प्लास्टिकको पानी र दाना बट्टा – २०० सेट (अ.मु. रु. ७०,०००)
बिजुली वाइरिङ्ग – (अ.मु. रु. ६०,०००)
दाना – १३ बोरा (अ.मु. रु. ५५,२५०)
भुस – ३० बोरा (अ.मु. रु. ६,०००)
औषधि – (अ.मु. रु. १५,०००)
टाटी बेरा – (अ.मु. रु. ३०,०००)
कुल क्षति अनुमानित अ.मु. रु. ३,९७,२५० (तीन लाख सन्तानब्बे हजार दुई सय पचास) बराबर भएको जनाइएको छ।


