jhapaonline add

बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला नेपाल घुमघाममा छिन् । उनी पति डेनियल वेभरसहित नेपाल आएकी हुन् । नेपाल भ्रमणको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै दिएकी छन् । उनले बुधबार पतिसहित नगरकोटको भ्यु टावर घुमेकी छन् । त्यहाँ घुमेको र दृश्यावलोकन गरेको तस्बिर तथा भिडियो सन्नी र डेनियलले सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् । लियोनी र डेनियल यसअघि पनि पटक पटक नेपाल घुम्न आएका थिए । सन्नीले केही वर्ष पहिले प्रदर्शनमा आएको नेपाली फिल्म ‘पासवार्ड’ मा समेत नृत्य गरेकी थिइन् ।

Read More

काठमाडौँ, ५ चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाउँदै छ । निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्नेछ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ (१८२ सांसद) सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका छन् । रास्वपाबाट प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट २५, नेपाली कम्युनिष्ट पार्टीबाट १७, श्रम संस्कृति पार्टीबाट सात र राष्ट्रिय…

Read More

झापा, ५ चैत । प्रहरीले अवैध सामानसहित दुई वटा टेम्पो र त्यसका चालकलाई बिर्तामोडमा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले बिहीबार बिहानको राति करिब २ बजे अर्जुनधारा नगरपालिका वडा ६ स्थित चिया बगान क्षेत्रबाट पक्राउ गरेको हो । शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका टेम्पोहरूलाई शङ्का लागेर रोकेर जाँचगर्दा टेम्पोभित्र विभिन्न किसिमका कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । फेला परेको सामानमा सारी, कुर्था सुरुवाल, ढाका लगायतका कपडा रहेका छन् । अवैध रूपमा भन्सार छलेर करिब ५ लाख रुपियाँ बराबर कपडा ल्याएको हुनसक्ने प्रहरीको भनाइ छ । मे.१ ह. ६३५५ नं. को टेम्पोको…

Read More

काठमाडौँ, ५ चैत । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो । विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरुलाई अन्य गैरकानुनी काममा समेत लगाइएको थियो । कम्बोडियामा नेपाली नागरिकहरु अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसा–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको…

Read More

झापा, ५ चैत । आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख दुई हजार ३०० र चाँदीको मूल्य रु ५ हजार १० कायम भएको छ । हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र चाँदीको मूल्य रु पाँच हजार १५० कायम भएको थियो ।

Read More

झापा, ५ चैत । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मङ्गलबार र बुधबार पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधिसहित एक जना, भद्रपुर नगरपालिका–६ बाट खैरो हेरोइनसहित सात जना, बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ लल्का पुल नजिकबाट नौ किलो गाँजासहित दुई जना, महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट खैरो हेरोइनसहित चार जना र कञ्चनपुरको बेलौरी नगरपालिका–१० घाँटबाट एक जनालाई पक्राउ गरिएको हो ।

Read More

भद्रपुर, ५ चैत । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म १२ अर्ब पाँच करोड ५८ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । उहाँका अनुसार फागुन महिनामा मात्रै एक अर्ब ६५ करोड ८० लाख चार हजार राजस्व सङ्कलन भएको छ । यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११० दशमलव २६ प्रतिशत हो । चालु आवको आठ महिनामा भन्सार…

Read More

झापा, ५ चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएको छ। सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पत्र बुझाउनुभएको हो । पार्टीका एक पदाधिकारीका अनुसार उक्त राजीनामाबारे भोलि बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । उहाँले दिनुभएको राजीनामा पत्र हालसम्म सार्वजनिक गरिएको छैन । शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको केन्द्रीय समिति बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ । प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि नैतिक जिम्मेवारी वहन गर्दै सभापति थापाले पदबाट राजीनामा दिनुभएको हो । फागुन २१ गते सम्पन्न निर्वाचनमा उहाँ सर्लाही–४ बाट पराजित हुनुभएको थियो । निर्वाचन परिणामपछि पार्टीभित्र उहाँप्रति आलोचना…

Read More

झापा, ५ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी र…

Read More

भद्रपुर, ४ चैत । भद्रपुर नगरपालिकाले दुई जना पत्रकारसहित विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले बुधवार १७ औं नगर परिषद्को अवसरमा पत्रकार र खेलाडीहरूको योगदानको कदर स्वरूप सम्मान गरेको हो । नगरपालिकाले यस वर्षको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार हुतराज नेपाल ९उत्तम० र प्रोत्साहन पत्रकारिता पुरस्कारबाट डिल्लीरमण नेपाललाई सम्मान गरेको छ । नेपाल समाचारपत्र र ब्लाष्ट दैनिकमा आबद्ध पत्रकार उत्तमलाई नगद ३१ हजार तथा वर्तमान साहित्यिक पत्रिकामा आबद्ध पत्रकार डिल्लीलाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मान पत्रले पुरस्कृत गरिएको थियो । उनीहरूलाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र…

Read More