jhapaonline add

बैतडी, २३ माघ । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। गम्भीर घाइते भएका थप पाँच जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का बिसनदत्त जोशी, २८ वर्षीय दिपकदत्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बैतडीको पुर्चौडी नगरपालिका–७ का १४ वर्षीय सुशील जोशी र केदारस्यू गाउँपालिकाका २६ वर्षीय केशवराज भट्ट रहेका छन्। यसअघि घटनास्थलमै मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी…

Read More

बिर्तामोड, २३ माघ । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन् । आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो । आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए ।

Read More

झापा, २३ माघ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया…

Read More

भद्रपुर, २२ माघ । झापाको सदरमुकाम भद्रपुरमा बुधबारदेखि सुरु कोशी पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपअन्तर्गत आज भएको दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लव विजयी भएको छ । जीएचसीए काठमाडौँलाई २३ रनले पराजित गर्दै भद्रपुरले महत्वपूर्ण २ अंक जोडेको छ । काठमाडौँको भने यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा काठमाडौँ भारतको आसामसँग पराजित भएको थियो । अंकविहीन रहेको काठमाडौँको सेमिफाइनल यात्रा कठिन बनेको छ । भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा भद्रपुरले टस जितेर पहिलो व्याटिङ रोजेको थियो । भद्रपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । जवाफमा काठमाडौँले…

Read More

झापा, २२ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार खर्चलाई पारदर्शी र अनुशासित बनाउन ‘निर्वाचन प्रचार–प्रसार बैंक खाता कार्यविधि, २०८२’ स्वीकृत गरेको छ। नयाँ कार्यविधिअनुसार राजनीतिक दल र उम्मेदवारले प्रचार खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्नेछ। रु २५ हजारभन्दा बढी सहयोग नगदमा लिन पाइने छैन, सो रकम सीधै बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। पुराना खातामा रहेको रकम नयाँ खातामा सार्नुपर्नेछ। त्यस्तै, रु १ लाखभन्दा बढी सहयोगमा सहयोगदाताको नाम, ठेगाना, पेशा, कर विवरण खुलाउन अनिवार्य गरिएको छ। निषेधित निकाय वा व्यक्तिबाट सहयोग लिन पूर्ण प्रतिबन्ध लगाइएको छ। निर्वाचन सम्पन्न भएपछि दल र उम्मेदवारले खर्च विवरण सार्वजनिक गरी ३५…

Read More

भद्रपुर, २२ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तमान सभामुख र उपसभामुखसहित पूर्वमन्त्री, संविधानसभा सदस्य, कानुनविद् तथा युवा अभियन्तासम्म चुनावी मैदानमा उत्रिएपछि यस क्षेत्रको राजनीतिक वातावरण थप रोचक बनेको छ । यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा ९एमाले० बाट निवर्तमान सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसबाट सरिता प्रसाईं, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशिला चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपाल,…

Read More

झापा, २२ माघ । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा ५०, निर्वाचन आचारसंहिता, २०८२ को दफा १६, आयोगको माघ ८ को निर्णय तथा नेपाल राष्ट्र बैङ्कले माघ १२ मा जारी गरेको निर्देशनका आधारमा यो कार्यविधि ल्याइएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले बैङ्किङ कारोबार गर्न…

Read More

बिर्तामोड, २२ माघ । वीरता जेसीजले बिर्तामोड–१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेको छ । बुधबार झण्डोत्तोलनका साथ सन् २०२६ को नेतृत्वले कार्य प्रारम्भ गरेको अध्यक्ष लोकचन्द्र श्रेष्ठले घोषणा गरे । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरीले राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेका थिए । नेपाल जेसीजका पूर्व राष्ट्रिय तालिम आयुक्तसमेत रहेका प्रमुख अतिथि गिरीले राष्ट्रिय झण्डा सबै नेपालीको गौरव र जेसीजको झण्डा जेसीज युवाको शान भएको उल्लेख गरे । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष समेत रहेका गिरीले औपचारिकतामा सीमित हुने कार्यक्रमभन्दा समाजमा सकारात्मक प्रभाव पार्नसक्ने रचनात्मक काम गर्न…

Read More

झापा, २२ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता…

Read More

भद्रपुर, २१ माघ । झापा जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरेको बिदाई गरिएको छ । अनिवार्य अवकाश पाउनुभएका कार्यालय प्रमुख घिमिरेलाई आज एक विशेष कार्यक्रमका बीच बिदाई गरिएको हो । कार्यालयका निमित्त कार्यालय प्रमुख टेकप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सेवानिवृत्त घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । आठ वर्षभन्दा बढी समय जिल्ला हुला कार्यालय झापाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका घिमिरेको बिदाईमा कर्मचारी मनोज तिम्सिना, प्रेस क्बल भद्रपुरका अध्यक्ष राजबाबु शंकर, नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठक, महासंघका कार्यसमिति सदस्य सन्तोष शर्मा, भीमप्रसाद भट्टराई, पालिका हुलाकका कार्यालय प्रमुख तथा अन्य कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो । बिदाई समारोहमा उहाँलाई सम्मान गर्नुका साथै…

Read More