jhapaonline add

झापा, २५ पुस । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले उम्मेदवार घोषणा गरेको छ । तीन दल मिलेको बनेको ‘राष्ट्रिय अग्रगामी गठबन्धन’ले बिहीबार झापाका पाँचै वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको उम्मेदवार घोषणा गरेको हो । गठबन्धनको बिर्तामोडमा उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरी पाँच वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तोकेको हो । गठबन्धनले झापा क्षेत्र नं. १ मा बासुदेव सिंजाली मगर, निर्वाचन क्षेत्र नं. २ मा तिलबहादुर राई, क्षेत्र नं. ३ मा उदित नारायण राजवंशी, बिनिता राजवंशी, गणेश इङ्नाम, निर्वाचन क्षेत्र नं. ४ मा त्रिनारायण राजवंशी र…

Read More

झापा, २४ पुस । प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु शंकर सर्वसम्मत चयन भएका छन् । क्लबको चौथो अधिवेशनले महासचिव बाहेकका सबै पदमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा रोहित काफ्ले, सचिवमा द्रोण अधिकारी र कोषाध्यक्षमा इशा प्रधान चयन भएका छन् । सदस्यमा क्रमशः सन्तोष शर्मा, लोकबहादुर कुँवर, नितेश सिंह र सुनिता अधिकारी निर्विरोध चयन भएका हुन् । महासचिव पदमा आज भएको निर्वाचनमा भेषराज नेपाल विजयी भएका छन् । भेषराजले २१ मत ल्याउदा डिल्लीले १७ मत प्रप्त गरको निर्वाचन कमिटीले जनाएको छ । पौष १९ गते भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेको क्लबको चौथो अधिवेशन महासचिव पदमा दुई जनाको…

Read More

झापा, २४ पुस । नेपाली कांग्रेस क्षेत्रीय समिति झापा १ ले पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको मुख्य उद्देश्यसहित आयोजित विशेष महाधिवेशनमा सहभागी बन्न नेता, कार्यकर्ता आग्रह गरेको छ । क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले आज विज्ञप्ति निकालेर महाधिवेशन प्रतिनिधिसहित नेता, कार्यकर्तालाई पुस २७ र २८ गते काठमाडौको भृकुटीमण्डपमा हुने पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि आव्हान गर्नु भएको हो । सभापति बुढाथोकीले पार्टीका अग्रज, महासमिति सदस्य, महअधिवेशन प्रतिनिधि, पार्टीको भ्रातृ संघसंगठनका प्रतिनिधि, सबै तहका कांग्रेस नेता, कार्यकर्ता विशेष महाअधिवेशनमा सक्रियतापूर्वक सहभागी अपील गर्नुभएको छ। विषेश महाधिवेशनलाई राजनीतिक चुनौतीलाई गम्भीर निर्णय लिने विशेष अवसरका रूपमा अर्थ्याइएको विज्ञप्तिमा पार्टीको वैचारिक स्पष्टता र संगठनात्मक…

Read More

बिर्तामोड, २४ पुस । झापा गोल्डकपको सातौं संस्करणको मिति नजिकिँदै गर्दा आयोजक संस्थामा नयाँ सदस्यता लिनेहरूको संख्या बढ्दै गएको छ। झापा गोल्ड कपमा कार्यसमिति सदस्य शैलेन्द्र कुरुम्बाङको पहलमा २३ जनाले एकैसाथ नयाँ सदस्यता लिएका छन् । गोल्डकपको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच नयाँ सदस्यलाई कार्यवाहक अध्यक्ष गजेन्द्रबहादुर पौडेलले सदस्यता रसिद प्रदान गर्नुभयो । प्रतिष्ठित गोल्डकपका रुपमा प्रसिद्धि कमाएको यसको सातौं संस्करण माघ २४ देखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुँदैछ । स्वर्गीय बिनोद बस्नेत स्मृति झापा गोल्डकपमा यसपटक नेपाल भारत र भुटानका क्लबहरूको प्रतिस्पर्धा रहने बताइएको छ। सातौँ संस्करणको तयारीसँगै अहिलेसम्म ६५ भन्दा बढी नयाँ सदस्य थपिएका छन्…

Read More

झापा, २४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आफ्नो ३५ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा शिक्षाक्षेत्रमा योगदान पु¥याएका शिक्षासेवी, दीर्घकालीन रूपमा सेवा गरेका शिक्षक, शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थी तथा पत्रकारलाई सम्मान गरिएको छ । कार्यक्रममा पत्रकार सुब्रत न्यौपाने र सुरेन्द्र भण्डारीलाई सम्मान गरिएको हो । पत्रकार न्यौपाने स्पीक कर्नरका सम्पादक एवम् नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष हुनुहुन्छ भने पत्रकार भण्डारी पूर्वाञ्चल दैनिकका सहसम्पादक, राससका सम्पाददता हुनुहुन्छ ।

Read More

शिवसताक्षी, २४ पुस । शिवसताक्षी नगरपालिकाको आयोजनामा झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । दूधे रंगशालामा हुने प्रतियोगिता आगामी माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिकाका अनुसार प्रतियोगितामा झापा जिल्लाका १५ वटै स्थानीय तहका कर्मचारी टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उद्देश्य पालिकाका कर्मचारीहरूबीच आपसी सद्भाव, सुमधुर सम्बन्ध र भाइचारा विकास गर्नु रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीको पुरस्कार राशीका विषयमा छलफल भइरहेको योजना अधिकृत तथा खेल संयोजक प्रकाश चौधरीले जानकारी दिनुभयो । त्यस्तै,…

Read More

झापा, २४ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी झापामा तीव्र पारिएको छ । निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना तथा सरोकारवाला निकायबिच समन्वयलाई प्रभावकारी बनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको औपचारिक तयारी सुरु गरेको हो । निर्वाचन तयारीका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले बुधबार आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पाँचवटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिए । उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि सञ्चालनमा ल्याइनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला…

Read More

झापा, २४ पुस । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ २६ पैसा र बिक्रीदर १८१ रुपैयाँ १ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, क्यानेडियन…

Read More

झापा, २४ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी…

Read More

बिर्तामोड, २३ पुस । झापाको बिर्तामोडबाट लागुऔषध र नगद सहित एक जनालाई पक्राउ गरिएको छ । मंगलबार दिउँसो बिर्तामोड–१ सूर्यनगर टोल काली मन्दिरका ४० वर्षीय अजय राजवंशीलाई पक्राउ गरिएको हो । उनको घर कोठामा लागुओषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली र लागुऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेक जाँच गरेको थियो । चेकजाँच गर्दा उनको साथबाट र घर कोठा भित्र लुकाई छिपाई राखेको लागुौषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित १३१ ग्राम ३६० मिलिग्राम र प्लास्टिक बाहेक १२३ ग्राम १८० मिलिग्राम, नेपाली नोट २ लाख ६७…

Read More