
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १ पुस । सरकारले करिब १४ अर्ब ३८ करोड बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । एसियाली विकास बैंकबाट प्राप्त हुने उक्त सहुलियतपूर्ण ऋण लिने मंगलबार सिंहदरबारमा मंसिर २९ गते बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेन्ट एन्ड डेभलप्ड सर्भिस डेलिभरी कार्यक्रमको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर अर्थात करिब १४ अर्ब ३८ करोड बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको जानकारी दिए । मन्त्रिपरिषद्ले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारु २०० तथा भारु ५०० दरका नोट…
झापा, १ पुस । झापाको मेचीनगर नगरपालिका–१० निन्दा पुलमा आज बिहान संयुक्त चेकजाँच टोलीले ठूलो मात्रामा भन्सार छलि सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले बिहान १०ः०० बजे विभिन्न सवारी साधनमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइँदै गरेको कपडा तथा जुत्ता बरामद गरेको हो । प्रहरीले सारी २०० पिस, स्पोर्ट सुज २०० जोर, फुटबल सुज २० जोर, लोफर जुत्ता सेन्थेटिक १५ जोर, चप्पल ६ जोर बरामद गरेको हो । सामानको कुल मूल्य करिब २ लाख ७५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानलाई इलाका प्रहरी कार्यालय…
झापा, १ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको…
झापा, १ पुस । चालू आर्थिक वर्षको चार महिनामा करिब ४३ अर्ब विदेशिएको छ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्ययतर्फ ४२ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड थियो । अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा १० अर्बभन्दा बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५…
झापा, १ पुस । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका क्रममा ११ जना केन्द्रीय सदस्य र अनुशासन तथा लेखा आयोगका ६ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय सदस्य निर्विरोध निर्वाचितहरूलुम्बिनी प्रदेश महिलातर्फ: गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल, शान्तीदेवी ढकालमधेशी क्लस्टर युवातर्फ: अमरकुमार यादवसमावेशी मुस्लिम महिलातर्फ: खाजिदा खातुन सिद्धकीसमावेशी श्रमिक महिलातर्फ: कमलादेवी श्रेष्ठ, सिता लामापिछडिएको क्षेत्र महिलातर्फ: वदमीक्वारी बुढाप्रवास दक्षिण एशियातर्फ: हरिप्रसाद घिमिरे४० वर्ष मुनिका युवातर्फ: नरेश रोकाया, सुशिलकुमार थापा अनुशासन आयोग निर्विरोध पदाधिकारीअध्यक्ष: प्रा.डा. भरतराज पहारीउपाध्यक्ष: चक्रबहादुर पराजुलीसचिव: डा. राजेन्द्र घिमिरे लेखा आयोग निर्विरोध पदाधिकारीअध्यक्ष: डा. पुष्पराज कँडेलउपाध्यक्ष: धनेन्द्रराज घिमिरेसचिव: ईश्वरीप्रसाद खरेल यसरी महाधिवेशनमा विभिन्न समावेशी समूह र प्रदेशबाट…
झापा, १ पुस । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
झापा, २९ मंसिर । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो । यी हुन् संस्थाहरु
झापा, २९ मंसिर । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई रु छ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत कात्तिक महिनामा मात्रै रु एक खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको छ । केन्द्रीय बैङ्कका अनुसार यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५…
बिर्तामोड, २९ मंसिर । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारणसभा अन्तरगतको एकाइ नं. १ को एकाइगत साधारणसभा सम्पन्न भएको छ । कनकाई नगरपालिका–३ स्थित कनकाई उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको एकाइगत साधारणसभामा सञ्चालक समितिबाट तयार गरिएको वार्षिक प्रगति प्रतिवेदन संस्थाका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद गौतमले प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाका लेखासुपरिवेक्षण समिति संयोजक अर्जुन लामा र ऋण उपसमितिको प्रतिवेदन संस्थाका ऋण उपसमिति संयोजक तुलसीराम गौतमले गर्नुभएको थियो । संस्थाको १३ औँ वार्षिक साधारणसभाको पूर्वनिर्धारित कार्यसूची अन्तर्गत प्रस्तुत गरिएको प्रतिवेदन अनुमोदनसमेत गरिएको, आर्थिक…
लीलाराज झापालीकनकाई, २९ मंसिर । झापाको कनकाई नगरपालिका–७ नगरपालिका छेउबाट एक प्रेमिले आफ्नी प्रेमिकालाई घरबाट बोकेरै भगाएका छन् । उनीले खुसीले आफ्नी प्रेमिकालाई घरबाट भगाएका भने होइनन्, उनकी प्रेमिका अर्थात् ३० वर्षीय डोल्मा पासाङ्ग तामाङ हिँड्डुल गर्न सक्दिनन् । उनको दुबै खुट्टा चल्दैन । उनी मुस्किले बस्न सक्छिन् भने राम्ररी बोलचाल गर्न पनि सक्दिनन् त्यसकारण उनका प्रेमि दिलिप थापाले आफ्नी प्रेमिकालाई बोकेरै घरबाट भगाउनु परेको हो । कनकाई–७ की डोल्मा र त्यही डेरा गरी बस्ने ३२ वर्षीय दिलिप थापा बीच गत फागुनदेखि सामान्य बोलचाल मात्र थियो । त्यो पनि इमोबाट भएको थियो । उनीहरु दैनिक गफीन थाले र यो गफ…