
झापा, १ पुस । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका क्रममा ११ जना केन्द्रीय सदस्य र अनुशासन तथा लेखा आयोगका ६ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।
केन्द्रीय सदस्य निर्विरोध निर्वाचितहरू
लुम्बिनी प्रदेश महिलातर्फ: गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल, शान्तीदेवी ढकाल
मधेशी क्लस्टर युवातर्फ: अमरकुमार यादव
समावेशी मुस्लिम महिलातर्फ: खाजिदा खातुन सिद्धकी
समावेशी श्रमिक महिलातर्फ: कमलादेवी श्रेष्ठ, सिता लामा
पिछडिएको क्षेत्र महिलातर्फ: वदमीक्वारी बुढा
प्रवास दक्षिण एशियातर्फ: हरिप्रसाद घिमिरे
४० वर्ष मुनिका युवातर्फ: नरेश रोकाया, सुशिलकुमार थापा
अनुशासन आयोग निर्विरोध पदाधिकारी
अध्यक्ष: प्रा.डा. भरतराज पहारी
उपाध्यक्ष: चक्रबहादुर पराजुली
सचिव: डा. राजेन्द्र घिमिरे
लेखा आयोग निर्विरोध पदाधिकारी
अध्यक्ष: डा. पुष्पराज कँडेल
उपाध्यक्ष: धनेन्द्रराज घिमिरे
सचिव: ईश्वरीप्रसाद खरेल
यसरी महाधिवेशनमा विभिन्न समावेशी समूह र प्रदेशबाट उम्मेदवारी दर्ता हुँदा प्रतिस्पर्धा नभएकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।



