
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सुरुङ्गा, १५ मंसीर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को राष्ट्रिय महाधिवेशनका लागि भएको निर्वाचनमा झापाका चार निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिएका छन् । झापा क्षेत्र नं–२ बाहेक १, ३, ४ र ५ नम्बर निर्वाचन क्षेत्रको मत परिणामसमेत सार्वजनिक भएको हो । झापा क्षेत्र नं–१ मा खुलाबाट राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई, महिलातर्फ रमा भण्डारी र जानुका ओली तथा युवा क्लस्टरबाट दीपक बराल छनोट भएका छन् । झापा क्षेत्र नं–३ मा खुलातर्फ छविलाल चुँडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ, महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल तथा युवा क्लस्टरबाट अग्निप्रसाद सापकोटा प्रतिनिधि बनेका छन् । झापा क्षेत्र नं–४ मा खुलातर्फ…
झापा, १५ मंसीर । झापाको मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ । स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै आएका थिए । वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिको कछुवाको संरक्षण आवश्यक रहेको बताउँदै महतको घरबाट ती कछुवा उद्धार गरेका हुन् । संरक्षणकर्मी लुइँटेलले डिभिजन वन कार्यालय झापालाई कछुवा उद्धार गरिएको बताए । उद्धार गरिएका कछुवालाई डिभिजन वन कार्यालयमार्फत अर्जुनधारामा रहेको कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा राखिने उनले जानकारी दिए ।
झापा, १५ मंसीर । ‘दित्वा’ चक्रवातका कारण श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु भएकाको संख्या ३३० पुगेको छ । श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार २०० भन्दा बढी व्यक्ति बेपत्ता छन् भने झन्डै २० हजार घर ध्वस्त भएका छन् । अनि एक लाखभन्दा बढी मानिस आश्रय लिन बाध्य भएका छन् । बाढी–पहिरोका कारण देशको झन्डै एकतिहाइ भाग बिजुली र पानी आपूर्तिबाट वञ्चित भएको श्रीलंकाली अधिकारीहरूले जनाएका छन् । चक्रवात दित्वाले गरेको विनाशका कारण श्रीलंकामा आपत्कालीन अवस्था घोषणा गरिएको छ । राष्ट्रपति अनुरा कुमार दिसानायकेले यो देशको इतिहासको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोप भएको बताएका छन् । श्रीलंका सरकारले विदेशमा…
झापा, १५ मंसीर । नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण अहिले कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा मौसम आंशिक बदली रहेको महाशाखाले आज सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा छ। तर तराईका केही भूभागमा हुस्सु लागेको छ । मौसम महाशाखाका अनुसार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, राति कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही…
झापा, १५ मंसीर । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा…
झापा, १५ मंसीर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर एक घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू…
झापा, १५ मंसीर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झापाको दमकबाट लुटिएका विभिन्न हतियारका गोली फेला परेको छ । विभिन्न हतियारको ५८ राउण्ड फेला परेको हो । आइतवार दिउँसो दमक नगरपालिका–७ स्थित पशुहाट बजारको पछाडी होम पाइपमा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ । गोली बेवारिसे अवस्थामा फेला परेको स्थानीयबासीले इलाका प्रहरी कार्यालय दमक जानकारी गराएपछि प्रहरीले ती गोली बरामद गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले उक्त स्थानबाट सेतो प्लास्टिक पोका पारिएको अवस्थामा ७.६२ मिमि ३०३ राइफलको ८ राउण्ड गोली, ५.५६ मि.मि इन्सास राइफलको ५० राउण्ड गोली बरामद भएको थियो ।
बिर्तामोड, १५ मंसीर । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषलाई संघका उद्योग उपाध्यक्ष विशाल थापाले २१ हजार रुपैयाँ सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम प्रदान गरेका हुन् । साँझ बिर्तामोडस्थित संघको कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष थापाले राहत कोषमा हातेमालो बढाउने सबैप्रति धन्यवाद व्यक्त गर्दै व्यवसायीलाई आपत–विपतमा तत्काल सहयोग पुग्ने उद्देश्यले कोष विस्तार अत्यावश्यक भएको बताए । “हाम्रो लक्ष्य एक करोड रुपैयाँ पुर्याउने हो,” थापाले भने, “थोरै भए पनि कोष वृद्धिमा योगदान दिन पाउनुमा खुशी छु ।” उपाध्यक्ष थापा आफ्नी श्रीमती समृद्धिसहित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा बिर्तामोड…
झापा, १४ मंसीर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि १ सय २० राजनीतिक दलहरूले दल दर्ताका लागि निवेदन पेस गरेका छन् । दल दर्ताका लागि आजसम्म थप गरिएको ४ दिनको अवधिमा १४ राजनीतिक दलले निवेदन पेस गरेको आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगमा प्राप्त निवेदनमाथि छानबिन गरी यही मङ्सिर २० गते दलहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरूको सङ्ख्या १ सय ४३ पुगेको छ । आगामी माग ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि भने १३ राजनीतिक दलबाट निवेदन प्राप्त…
झापा, १४ मंसीर । कर्णाली याक्समाथि सहज जित निकाल्दै काठमान्डु गोर्खाजले जारी एनपिएलमा चौथो जित दर्ता गरेको छ । खेलमा काठमान्डु ५ विकेटले विजयी भएको हो । जितसँगै ६ खेलबाट चौथो जित निकालेको काठमान्डुले ८ अंक जोडेको छ। यता, पाँच खेलमा ४ हार बेहोरेको कर्णालीको प्लेअफको सम्भावना सकिएको छ । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । काठमान्डुको जितमा गेरहार्ड इरास्मसले ४४ रन बनाउँदा जोन सिम्पसनले ४१ रन बनाएर आउट भए । यस्तै, ओपनर बेन चाल्र्सवर्थले ३४ रन बनाए । मिलिन्द्र कुमार १५, तथा ओपनर आकाश त्रिपाठीले ८ रन बनाए । यता, कर्णालीको…