
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २१ पुस । हिजो घटेको सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेर तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ आज तोलामा १ सय ८५ रुपैयाँले बढेको छ । चाँदी आज १ सय ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।
सुर्खेत, २१ पुस । मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। छाँयानाथ रारा नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आलादुना खोलाको मोडमा ना. १ झ १०३९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परेर बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भइ हनुमान ध्वज गुल्ममा अमलदार चालकका रुपमा कार्यरत हरिसिंह ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ। हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सेनाको सामान पुर्याउन गएको जिप फर्किने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिए। आइतबार साँझ करिब ७ बजेको समयमा जिप दुर्घटनमा परेको हो। दुर्घटनामा परेको खबर पाउनेबित्तिकै नेपाली सेना, सशस्त्र प्रहरी…
सन्तोष शर्माबनियानी, २१ पुस । झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रू एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई रू एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिए । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन्, भने एउटा हात्ती मृत फेला परेको उनले बताए । हात्तीको आक्रमणबाट सख्त खाइते दुई जनालाई रू चार लाख, मृतक चार जनाको परिवारलाई रू ४० लाख, १० वटा पशुधन क्षतिवापत रू एक लाख, एक सय ८४ परिवारले भण्डार…
झापा, २१ पुस । निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ । आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ८८ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको थियो । आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ ।…
झापा, २१ पुस । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।
झापा, २१ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर…
झापा, २१ पुस । देशभर तापक्रम घट्दो गएको छ भने चिसो अत्याधिक बढ्दै गएको छ । यसै क्रममा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ । काठमाडौँसहित हाल देशका अन्य स्थानमा पनि तापक्रम घट्दो छ। हिजो आइतबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव ३ अर्थात् –६.३ डिग्री सेल्सियस रहेको मौसम महाशाखाको तथ्यांककले देखाएको छ । यस्तै हिजो सबैभन्दा कम अधिकतम तापक्रम भने मुस्ताङको सदरमुकाम जोमसोममा ७.६ डिग्री सेल्सियस थियो । यसैगरी हिजो सबैभन्दा बढी न्यूनतम तापक्रम झापाको चन्द्रगढी विमानस्थलमा १३ डिग्री सेल्सियस थियो भने सबैभन्दा बढी अधिकतम तापक्रम डोटी जिल्लाको दिपायलमा २२.१ डिग्री…
मोरङ, २० पुस । मोरङको पथरी शनिश्चरे नगरपालिका ४ मा रहेका ३१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । महारानी ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको हो । नासिर आउटसोर्सिङ कन्सल्टेन्सीको आर्थिक सहयोगमा अनाथ, विपन्न तथा आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थाका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको सहयोगी मनहरू नेपालका सचिव विष्णु उप्रेतीले जानकारी दिनुभयो । पथरी शनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जाडोयाममा न्यानो कपडाको अभावका कारण बालबालिकालाई विद्यालय जान कठिनाइ नहोस् भन्ने उद्देश्यले दाताहरूसँग समन्वय गरी न्यानो कपडा वितरण गरिएको सहयोगी मनहरू नेपालका अध्यक्ष भीमप्रसाद…
भद्रपुर, २० भदौ । झापाको सदरमुकाम भद्रपुरमा झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । झापाका आम उद्योगी–व्यवसायीहरुको साझा संस्था झापा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको तयारी गरिएको हो । सुस्ताउँदै गएको भद्रपुर बजारलाई चलायमान गराउने, झापाको उद्योग–व्यवसायलाई थप गति प्रदान गर्ने एवम् झापाका पर्यटकीय क्षेत्रहरुको थप प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ ०७ गतेदिेखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशाला परिसरमा आयोजना गर्ने गरी महोत्सवको तयारी गरिएको संघका महासचिव स’मन्त मैनालीले जानकारी दिए । यसै सन्दर्भमा संघले आज संघकै सभाहलमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका कार्यवाहक अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक…
सुरुङ्गा, २० पुस । संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षपूर्ण जीवन बिताएर जेलनेल, प्रवास र सर्वस्वहरण समेत भोगेका आदिवासी नेता स्व। तुर्सा हेमरमको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । २९औं तुर्सा हेमरम स्मृति दिवसका अवसरमा आइतबार तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसर कनकाईमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले लोकतन्त्रका लागि हेमरमले भोग्नु परेको कठोर यातना त्याग र बलिदानको स्मरण गर्दै मुलुकमा उत्पन्न बिषम पिरिस्थितिको निकासका लागि तुर्सा हेमरमहरुको आदर्शलाई कहिल्यै भुल्नु नहुने धारणा राख्नुभयो । त्यसैगरी राष्ट्रिय सभा सदस्य तथा तुर्सा हेमरम स्मृति प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले स्व। तुर्सा हेमरमको योगदानलाई सुरक्षित गर्न र समाजमा उहाँको…