
झापा, २१ पुस । देशभर तापक्रम घट्दो गएको छ भने चिसो अत्याधिक बढ्दै गएको छ । यसै क्रममा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ ।
काठमाडौँसहित हाल देशका अन्य स्थानमा पनि तापक्रम घट्दो छ। हिजो आइतबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव ३ अर्थात् –६.३ डिग्री सेल्सियस रहेको मौसम महाशाखाको तथ्यांककले देखाएको छ ।
यस्तै हिजो सबैभन्दा कम अधिकतम तापक्रम भने मुस्ताङको सदरमुकाम जोमसोममा ७.६ डिग्री सेल्सियस थियो । यसैगरी हिजो सबैभन्दा बढी न्यूनतम तापक्रम झापाको चन्द्रगढी विमानस्थलमा १३ डिग्री सेल्सियस थियो भने सबैभन्दा बढी अधिकतम तापक्रम डोटी जिल्लाको दिपायलमा २२.१ डिग्री सेल्सियस थियो ।
Facebook Comments Box


