jhapaonline add

झापा, १३ माघ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन् ।

Read More

बेलबारी (मोरङ), १३ माघ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र…

Read More

झापा, १३ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्ने…

Read More

शिवसताक्षी, १२ माघ । शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न दुई क्वाटर फाइनल खेलबाट कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेका छन्। पहिलो क्वाटर फाइनल खेलमा कनकाई नगरपालिकाले कचनकवल गाउँपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। कनकाईका लागि जर्सी नम्बर ३ का मनिष भट्टराईले खेलको २६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने जर्सी नम्बर ७ का रुचन लिम्बुले ५६औँ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका कनकाईका विशाल थेवे ‘म्यान अफ दी म्याच’ घोषित भए। त्यस्तै, दोस्रो क्वाटर फाइनल खेलमा गौरीगञ्ज गाउँपालिकाले मेचीनगर नगरपालिकालाई…

Read More

झापा, १२ माघ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा झापा–५ निर्वाचन क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशेष चासोको केन्द्र बनेको छ । यस क्षेत्रमा कूल १ लाख ६३ हजार ३७९ जना मतदाता छन् । यस क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेका छन् भने अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पनि यही क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् । ओलीलाई एमालेले ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गर्दै चुनाव अभियान चलाइरहेको छ भने रास्वपाले बालेनलाई समेत ‘भावी प्रधानमन्त्री’का रूपमा घोषणा गरिसकेको छ । दुई सम्भावित प्रधानमन्त्री उम्मेदवार एउटै क्षेत्रमा आमनेसामने भएपछि राजनीतिक माहोल थप तातिएको छ । झापा–५…

Read More

झापा, १२ माघ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । कीर्तिपुर त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् । त्यस्तै विन्दु रावलले १४ तथा रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि अब्ताहा मकसुदले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै क्याथरिन फ्रेजर र कप्तान क्याथरिन…

Read More

सन्तोष शर्माझापा, १२ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका राजेन्द्र लिङ्देन यहाँका मतदातालाई आठ वर्षअघिको झापा क्षेत्र नं. ३ स्मरण गर्न आग्रह गर्नुभएको छ । झापाको हल्दिबारी गाउँपालिका–१ स्थित गोलधापमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उहाँले यहाँका आम मतदातालाई आठ वर्षअघिको झापा क्षेत्र नम्बर ३ लाई स्मरण गर्न आग्रह गर्नुभएको हो । “म पहिलो चोटी प्रतिनिधि सभाको सदस्य बनें, त्यतिबेला मेचीले, बिरिङले यो क्षेत्रलाई पूर्ण रुपमा डुबानमा पारेको थियो”, उहाँले भन्नुभयो, “त्यतिबेला धेरै ठाउँ डुबानले ग्रस्त थियो । अहिले मेचीमा, बिरिङमा, देउनियामा, घाग्रामा जुन तटबन्धको व्यवस्था…

Read More

झापा, १२ माघ । सुनसरी, उदयपुर र धनकुटा जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर, प्रतिबन्धित औषधि र गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ११ गते सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान–१७ का निरबहादुर दर्जी र किरण मगरलाई लागुऔषध ब्राउनसुगर १८० मिलिग्राम, प्रतिबन्धित औषधि ११९ पिससहित र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–१९ का अविनाश चौधरीलाई ४३० मिलि ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बा ९५ प ६२९१ नम्बरको मोटरसाइकल चालक त्रियुगा–११ का सविन राईलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १५० एम्पुल प्रतिबन्धित औषधी फेलापारी नियन्त्रणमा लिएको छ ।…

Read More

सन्तोष शर्माझापा, १२ माघ । झापामा पछिल्लो छ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को पुष मसान्तसम्म एक बालबालिकासहित ५५ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२÷१२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । त्यस्तै, मेचीनगर नगरपालिकामा तीन जना, बुद्धशान्ति गाउँपालिकामा दुई जना, शिवसताक्षी नगरपालिकामा पाँच जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुई/दुई जना, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच/पाँच जना र भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्टरोगी फेला…

Read More

झापा, १२ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३२ पैसा र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर…

Read More