
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, २६ माघ । आयोजकको टिम झापा–११ फुटबल क्लब कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनलमा सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापाले सिक्किमलाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्न सफल भए भने सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङको प्रहारले जाली चुम्यो । सिङलिङका सुजन सुब्बाको प्रहारलाई झापाका गोलकिपर…
झापा, २६ माघ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिन थालेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा नै रहेको छ। सोमबार देशभरको मौसममा केही परिवर्तन आउने देखिएको छ। सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। तराईका अधिकांश भू–भागमा भने बिहानीपख हुस्सु र कुहिरोको प्रभाव रहनेछ। जसका कारण जनजीवन र यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना छ। महाशाखाले कोशी, गण्डकी र…
खोटाङ, २६ माघ । भारतको मेघालयस्थित एक अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङका तीन जना युवकको ज्यान गएको छ। मेघालयको पूर्वी जयन्तीया हिल्सस्थित खानीमा गत माघ २२ गते भएको उक्त दुर्घटनामा एक जना अझै बेपत्ता छन् भने अन्य तीन जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा बरापोखरी गाउँपालिका–१ का २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर रहेका छन्। पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ हुन्। विष्फोटमा परेर हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राई बेपत्ता भएका छन्। खानीभित्रै विष्फोट भएकाले बेपत्ता राईको जलेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।…
विराटनगर, २६ माघ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान व्यवस्था गरेअनुसार तीन तहका सरकारले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आइतबार आयोजित प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले स्थानीय तह र प्रदेशबाट ९९ प्रतिशत काम सकेर सङ्घीय सरकारमा पठाउँदा पनि कतिपय विषय अगाडि नबढेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “समन्वय सहकार्य र सहअस्तित्वको आधारमा तीनै तहका सरकार सञ्चालन हुने संविधानले व्यवस्था गरे पनि सोअनुसार भइरहेको छैन । यसले प्रदेश सरकारले राम्रोसँग काम गर्न सकेको छैन ।” मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका समस्या प्रदेशमै समस्या समाधान गर्नुपर्ने र सङ्घको समन्वयमा गर्नुपर्ने काम सङ्घसँगको सहकार्यमा गर्नुपर्नेमा…
झापा, २६ माघ । झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन् । अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा आइतबार भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१त ९०१० नं को ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सहचालक अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेको थियो । यसैबीच, तीन दिनअघि स्कुटीको…
झापा, २५ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा हुनुभएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशअनुसार आज प्रसाईँ हाजिरी जमानीमा रिहा हुनुभएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो । शुक्रवार काठमाडौँबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला प्रहरीले प्रसाईँलाई दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो ।
मेचीनगर, २५ माघ । नेपाल जनमुक्ति पार्टीका झापा क्षेत्र नम्बर-१ का उम्मेदवार खान्द्रु करुवाले नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार इन्जिनियर अशेष घिमिरेलाई समर्थन गर्ने घोषणा गरेका छन् । उम्मेद्वार करुवाले आज आइतबार साँझ पत्रकारसमक्ष आफ्नो उम्मेद्वारी फिर्ता लिँदै उक्त घोषणा गरेका हुन् । उनले प्रतिनिधि सभा सदस्यका लागि झापा क्षेत्र नम्बर १ मा उम्मेद्वारी दर्ता गरेका थिए । उनलाई निर्वाचन आयोगले घर चिन्ह प्रदान गरेको थियोे । मेचीनगर वडा नं.७ मैनाडाँगी निवासी चिया श्रमिक करुवाले आफ्नो उम्मेद्वार फिर्ता लिएसँगै नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार इन्जिनियर घिमिरेको तारा चुनाव चिह्नमा मतदान गर्न शुभेच्छुकहरुलाई अपिल समेत गरेका छन् । सोही अवसरमा नेकपाका उम्मेद्वार घिमिरेले आफुलाई समर्थन…
इलाम, २५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा इलामका ५५ वटा मतदान स्थल अति संवेदनशील सुचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले सुरक्षा संवेदनशीलताको आधारमा मतदान स्थललाई वर्गीकरण गरी ४८ वटा संवेदनशील र ४७ वटा सामान्य वर्गमा राखिएको इलामका प्रहरी प्रमुख एसपी कुलदिप चन्दले जानकारी दिनु भएको छ । निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन सुरक्षा तयारी मजबुत बनाउन सुरक्षा समितिले मतदान स्थलको स्थलगत अनुगमन कार्य गरिरहेको छ । संवेदनशील देखिएका क्षेत्रमा विशेष सुरक्षा रणनीति तयार गरी आवश्यक स्थानमा जनशक्ति थप गरि सुरक्षा तयारी मिलाइएको प्रहरी प्रमुख चन्दले बताउनु भयो । निर्वाचन प्रहरीका लागि छनौट…
भद्रपुर, २५ माघ । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीपअन्तर्गत आज समूह बीको दुई खेल भएका छन् । पहिलो खेलमा भारतको लखनउ विजयी भएको छ भने दोस्रो खेलमा नेपालको डडेल्धुरा विजयी भएको छ । पहिलो खेलमा ग्लोबल स्टार लखनउले गण्डकी हिरोज पोखरालाई ५५ रनले पराजित गर्यो । पहिलो ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन खडा गरेको थियो । जवाफमा पोखरा १६.५ ओभरमा अलआउट हुदै ८८ रनमा समेटियो । ब्याटिङमा लखनउका तर्फबाट अनुभव सिंहले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ६६ रन बनाए । बलिङमा पाखराका तर्फबाट सिब्रिन श्रेष्ठले…
बिर्तामोड, २५ माघ । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै नेपाल आर्मी झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलको २७ औँ मिनेटमा आर्मीले अग्रता लियो । दिनेश हेञ्जनको क्रस पासमा नविन लामाले वान टचमा आर्मीका लागि सुन्दर गोल गरेका थिए । आर्मीले अर्को गोल पहिलो हाफको इन्ज्युरी समयमा गर्दै अग्रता दोब्बर बनायो । कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भयो । आर्मीले अर्को गोल फ्रिकिकमार्फत गर्न सफल भयो । जर्जप्रिन्स कार्कीले मैदानको २५ यार्डमा पाएको बललाई सिधै जाली चुमाए ।खेलको ३२ औँ मिनेटमा…