jhapaonline add

फुङ्लिङ, १३ फागुन । डिभिजन वन कार्यालय ताप्लेजुङकको कार्यालय परिसरमा एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहका अनुसार लिलाम बिक्रीका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि गोलिया बिक्री नभएको हो । लिलाम बिक्रीको प्रक्रियामार्फत गोलिया काठ बिक्री गर्न खोजे पनि कसैले खरिद नगरेको कार्यालयले जनाएको छ । बिक्री नभएपछि कार्यालय परिसरमा रहेको एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ काम नलाग्ने गरी…

Read More

झापा, १३ फागुन । रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्न नाम सार्वजनिक गरिएको थियो । मन्त्रालयले पदक निर्माण गर्न चालु आर्थिक वर्ष २०८०–८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो तर ती पदक तयार गर्न करिब चार करोड रुपियाँ पर्ने भएपछि आर्थिक समस्याले पदक निर्माणको काम अगाडि बढेको छैन । यस पटकबाट नयाँ डिजाइन बनाइएको छ । डिजाइनको नमुना मन्त्रालयको दराजभित्र कागजमा सीमित छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, “बजेट खोज्दै छौँ ।” मन्त्रालयले…

Read More

इटहरी, १३ फागुन । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सुनसरीको तालतलैया क्षेत्र आइपुगेको छ । कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तमा अवस्थित हात्ती जैविक मार्ग हुँदै यात्रा तय गरेका हुन । पदयात्रा टोली शनिबार राति १० बजे सुनसरीको फोक्लिङ टापु हुँदै तालतलैया सिमसार क्षेत्र प्रवेश गरेको हो । सुनसरी प्रवेशका क्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणले मुख्यमन्त्रीलाई…

Read More

झापा, १२ फागुन । धनकुटाको सागुरीगढीमा प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । सागुरीगढी गाउँपालिका–३ बाट झापाको हल्दिबारी–१ स्थित मुक्तिघाट समाज सेवाद्वारा सञ्चालित मे १ च २०३२ नम्बरको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामद गरेको हो । उक्त एम्बुलेन्समा धनकुटाबाट सुनसरीतर्फ ल्याउँदै गरेको ५२ किलो लागूऔषध गाँजासहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । इलाका प्रहरी कार्यालय भेडेटारमा खटिएको टोलीले चेकजाँचको क्रममा एम्बुलेन्सबाट गाँजासहित बिराटनगर–८ का जयदेवचन्द्र चेललाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । एम्बुलेन्सको टुल बक्सभित्र लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको…

Read More

बिर्तामोड, १२ फागुन । अटिजम भएका बालबालिकाका अभिभावकहरु झापामा संगठित हुन शुरु गरेका छन् । शनिबार बिर्तामोडमा भएको भेलाले अटिजम केयर नेटवर्क नामक प्रस्तावित संस्था गठन गर्ने निर्णय गरेको हो । भेलाले कुमार चुँडालको अध्यक्षतामा तदर्थ समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्षमा सुष्मा कटुवाल, सचिव भिम बोहोरा र कोषाध्यक्षमा माया प्रसाई चयन भएका छन् । पुष्प खड्का, मन्दिरा उप्रेती, रुबि कामत, मिना लिङ्देन, किरण पौडेल र प्रतिक्षा रेग्मी सदस्य रहेका छन् । भेलाबाट पुष्प खड्काको संयोजकत्वमा रञ्जु दाहाल र सृजना राई रहेको विधान मस्यौदा समितिसमेत गठन गरेको छ । २०७४ सालदेखि नै झापामा अटिजम भएका बालबालिकाहरुको हेरचाह, बानी व्यवहारमा…

Read More

बिर्तामोड, १२ फागुन । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखामा वनभोज खाएर दमकतर्फ फर्किने क्रममा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कमल गाउँपालिका, दमक र उर्लाबारी नगरपालिका अन्तर्गत रहेको निजी अस्पतालका स्वास्थ्यकर्मी भोनभोज खाएर फर्कने क्रममा शनिवार सवारी दुर्घटना भएको थियो । दमकतर्फ जाँदै गरेको को १ ख ६३०५ नं को बसमा शिवसताक्षी–१० किरात चौकस्थित पुर्व पश्चिम राजमार्गमा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते हुनेहरुमा मोरङ उर्लावारी–६ का ४६ वर्षीय ताराप्रसाद अधिकारी, उनकी श्रीमती ४३ वर्षीया उमा खनाल, सोही स्थानका ५५ वर्षीयबहादुर चौधरी, उनकी श्रीमती ५३ वर्षीया पबित्रा लामिछाने, उर्लाबारी–४ की…

Read More

बिर्तामोड, १२ फागुन । आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य कृष्ण पौडेललाई जिताउन संघले अपिल गरेको छ । महासचिव पदमा उम्मेदवारी दिएका पौडेललाई जिताउन संघले अपिल गरेको हो । सहकारी अभियान र बिर्तामोड उद्योग वाणिज्य संघबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरेको भन्दै संघले पौडेलको पक्षमा मतदान गर्न मतदाता तथा सहकारीकर्मीहरुमा आह्वान गरेको संघका सचिव भवानीप्रसाद दंगालले जानकारी दिए । पौडेल धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्था लि।का प्रमुख कार्यकारी अधिकृत हुन् । उनले सो सहकारीमा १७ बर्ष नेतृत्व गरिसकेका छन् । उनी उद्योग वाणिज्य संघका वर्तमान वाणिज्य सचिवसमेत…

Read More

बिर्तामोड, १२ फागुन । पूर्वकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोड यतिबेला उद्योगी–व्यवसायीको चुनावले तातेको छ । नयाँ कार्यसमिति चयनका आगामी १४ गते बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचन हुँदैछ । निर्वाचनकै दौरानमा स्वतन्त्र व्यवसायिक प्यालनबाट महासचिव पदमा सहकारीकर्मी एवम् व्यवसायी कृष्ण पौडेलले महासचिवमा उम्मेदवारी दिनुभएको छ । व्यवसायिकक संकटलाई समाधान गर्ने मूल ध्येय उनको छ । ‘पहिलो प्राथमिकता व्यवसायीको हित हो’, उनी भन्छन्, ‘आर्थिक मन्दीले सिथिल भएको व्यवसायलाई लयमा फर्काउन प्रयत्न गरिरहेको छु÷ गर्छु ।’ संकटमा परेका व्यवसायीलाई सहजता दिन व्यवसायिक कल्याणकारी कोष स्थापना गर्ने योजना रहेको उनले सुनाए । ‘आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायी र सहकारीसँग समन्वय गरी अगाडि बढ्छु’,…

Read More

झापा, १२ फागुन । भारतबाट नेपालतर्फ पेन्टीमा लागुऔषध ब्राउनसुगर लुकाएर ल्याउँदै गरेका अवस्थामा दुई युवालाई पक्राउ गरेको छ । आज मेचीनगर–६ मेचीपुल स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुनसरी धरान उपमहानगरपालिका–५ का २४ वर्षीय थामबहादुर बिकलाई शंका लागेर चेकजाँच गर्दा पेन्टीभित्र अगाडीको भागमा लुकाई छिपाई राखेको अवस्थामा ब्राउनसुगर बरामद गरेको हो । उक्त लागुऔषध नापतौल गर्दा प्लाष्टिकसहित ८ ग्राम २१० मिलिग्राम, प्लाष्टिकबाहेक ८ ग्राम रहेको छ । लागुऔषध ल्याउने कार्यमा सम्लग्न सोही स्थानका २४ वर्षीय अर्जुन बिक समेतलाई लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा…

Read More

बिर्तामोड, १२ फागुन । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा महिला सदस्य पदमा उम्मेदवार बनेकी सुष्मा उप्रेती सुवेदीले ब्यापारीका हकहितका लागि पर्ने बताएकी छिन् । अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायिक प्यानलबाट महिला सदस्यको बनेकी सुष्माले हाल व्यावसायीहरुले भोगेको समस्या समाधान गर्न आवश्यक रहेको बताएकी हुन् । विगत ८ बर्षदेखि भद्रकाली इन्पेक्स कस्मेटिक पसल सञ्चालन गर्दै आएकी सुष्माले बैंकको चर्को ब्याजदर, कर र आर्थिक मन्दीका कारण व्यवसाय धरासायी बनेको बताइन् । सामाजिक कार्यमा समेत सक्रिय सुष्माले समस्यामा परेका ब्यक्तिहरु सहयोगका लागि ब्लड डोनेशनको अभियानमा समेत भएको बताइन् । उनले धरासायी बन्दै गएका व्यवसायीका समस्या समाधान गर्न स्वतन्त्र…

Read More