
बिर्तामोड, १२ फागुन । पूर्वकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोड यतिबेला उद्योगी–व्यवसायीको चुनावले तातेको छ । नयाँ कार्यसमिति चयनका आगामी १४ गते बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचन हुँदैछ ।
निर्वाचनकै दौरानमा स्वतन्त्र व्यवसायिक प्यालनबाट महासचिव पदमा सहकारीकर्मी एवम् व्यवसायी कृष्ण पौडेलले महासचिवमा उम्मेदवारी दिनुभएको छ । व्यवसायिकक संकटलाई समाधान गर्ने मूल ध्येय उनको छ । ‘पहिलो प्राथमिकता व्यवसायीको हित हो’, उनी भन्छन्, ‘आर्थिक मन्दीले सिथिल भएको व्यवसायलाई लयमा फर्काउन प्रयत्न गरिरहेको छु÷ गर्छु ।’ संकटमा परेका व्यवसायीलाई सहजता दिन व्यवसायिक कल्याणकारी कोष स्थापना गर्ने योजना रहेको उनले सुनाए ।
‘आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायी र सहकारीसँग समन्वय गरी अगाडि बढ्छु’, उनले भने । हाल उनी संघको वर्तमान वाणिज्य सचिव हुन् । उनले आगलागी जस्ता प्राकृतिक प्रकोप समस्या नियन्त्रण गर्नका लागि स्थानीय व्यवसायी, प्रहरी प्रशासन, पालिकाको प्रतिनिधि, संघको प्रतिनिधिसहित सरोकारवाला निकायसँगको संलग्नतामा समिति निर्माण गरेर तत्काल त्यस्ता प्रकारको घटना घटेमा थप क्षति हुनबाट बचाउका लागि बजार क्षेत्रमा पानीको व्यवस्थापन आवश्यक रहेको औंल्याएका छन् । उनले आफ्नो कार्यसूचीमा यसलाई समावेश गरेको सुनाए । संघलाई सबै व्यवसायीको अपनत्व हुने गरी काम गर्ने उनको सोच छ ।
को हुन् पौडेल ?
मोरङको कानेपोखरी गाउँपालिका–३ मा पिता बिष्णुबहादुर र माता पूर्णमाया पौडेलका पुत्ररत्न उनी २०३३ पुस २ गते जन्मिएका हुन् । २०५० सालदेखि भद्रपुरमा शिवशक्ति फर्माबाट मेडिकल व्यववसायमा पाइला टेकेका उनी बिर्तामोड क्षेत्रमा २०५२ सालमा कबिर फार्मेसी, २०६५ सालमा श्रीअन्तु फर्मा सेल्स औषधिको थोक पसल सञ्चालन गरिरहेका छन् ।
मेडिकल ब्यवसायी पौडेल सहकारीकर्मी पनि हुन् । उनी धौलागिरी पारिजात बहुउद्देश्यी सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत हुन् । १६ वर्ष अध्यक्षको भूमिका रहेका उनी हाल सो सहकारीका कार्यकारी प्रमुखका रुपमा हुन् । उनी व्यवसायी मात्र नभएर विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थामा समेत आबद्ध छन् ।
उनी तारा नमस्ते बालग्रामका संस्थापक सदस्य, लायन्स क्लब अफ अनारमनीका संस्थापक अध्यक्ष, जिल्ला सहकारी संघका सञ्चालक, निर्माणाधिन नागरिक स्वास्थ्य सहकारी अस्पतालका परिकल्पनाकार तथा प्रबन्धक निर्देशक साथै अन्य थुप्रै सामाजिक तथा धार्मिक संघसंस्थामा समेत नृतृत्वदायि भूमिकामा छन् ।
व्यवसायीको हितमा काम गर्ने सोच भएकाले आफूसँगै स्वतन्त्र व्यावसायिक प्यानलका सबै उम्मेद्वारलाई मतदान गरी विजयी गराउन आममदातालाई आग्रह गरेका छन् ।


