
झापा, १२ फागुन । भारतबाट नेपालतर्फ पेन्टीमा लागुऔषध ब्राउनसुगर लुकाएर ल्याउँदै गरेका अवस्थामा दुई युवालाई पक्राउ गरेको छ ।
आज मेचीनगर–६ मेचीपुल स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुनसरी धरान उपमहानगरपालिका–५ का २४ वर्षीय थामबहादुर बिकलाई शंका लागेर चेकजाँच गर्दा पेन्टीभित्र अगाडीको भागमा लुकाई छिपाई राखेको अवस्थामा ब्राउनसुगर बरामद गरेको हो ।
उक्त लागुऔषध नापतौल गर्दा प्लाष्टिकसहित ८ ग्राम २१० मिलिग्राम, प्लाष्टिकबाहेक ८ ग्राम रहेको छ । लागुऔषध ल्याउने कार्यमा सम्लग्न सोही स्थानका २४ वर्षीय अर्जुन बिक समेतलाई लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको छ ।


