jhapaonline add

भद्रपुर, १८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ । सामाजिक सञ्जालदेखि चिया पसल, चौतारी र बस्तीसम्म ‘यसपालि कसलाई मत हाल्ने’, ‘कस्तो प्रतिनिधि रोज्ने’ भन्ने विषयमा बहस भइरहेका छन् । राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरू पनि औपचारिक प्रचार सुरु नहुँदै मतदाता भेटघाटमा व्यस्त देखिन थालेका छन् । तर झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत पर्ने दक्षिणी सीमावर्ती कचनकबल गाउँपालिकाका केही बस्तीमा भने निर्वाचन नजिकिँदै गर्दा पनि अपेक्षित चुनावी गतिविधि देखिन सकेको छैन । भारतसँग सिधा जोडिएको यो सीमावर्ती क्षेत्रमा बसोबास…

Read More

बिर्तामोड, १८ माघ । झापाको बिर्तामोड नगरपालिका–७ खोपवारीस्थित भित्री सडकखण्डमा शनिबार राति स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्याकुरेल चौकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र.१–०१–०१३ प.९१९९ नम्बरको स्कुटी करिब ८ः२५ बजे राति आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा चालक ३५ वर्षीय शुभाष मादेन गम्भीर घाइते भएका थिए । टाउकोमा चोटपटक लागेका मादेनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पुर्‍याइएको थियो । तर, चिकित्सकले राति ८ः५५ बजे उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

Read More

झापा, १८ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशलगायत बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ र अन्य भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई…

Read More

१. भुँइमा बसेर खाना खाने गर्नाले पाचन शक्ति बढ्न मद्दत मिल्छ । भुँइमा बसेर खाँदा शरीर पटक पटक झुक्ने र उठ्ने हुन्छ जसले पाचन प्रक्रिया सक्रिय हुन्छ र खाना छिटो पचाउन मद्दत मिल्छ । २. भुँइमा बसेर खाँदा शरीरको तौल नियन्त्रण हुनुका साथै शारीरिक कसरत हुन्छ यसले रक्त संचार प्रक्रियालाई मजबुत बनाउँछ । ३. जब तपाइँ जमिनमा चक्कल मारेर बस्नुहुन्छ त्यस अवस्थामा सुखासन हुन्छ र मनमा एकाग्रता पैदा हुन्छ। यसरी बसेर खाँदा मस्तिष्कमा आराम मिल्नुका साथै मानसिक तनाव कम हुन्छ । ४. भुँइमा बसेर खाने गर्नाले पेट तथा पिठ्युको भाग तन्किन्छ र शारीरिक दुखाइ कम गर्न मद्दत मिल्छ । ५.…

Read More

नेपालगञ्ज, १७ माघ । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ । एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूर्ण रुपमा सञ्चालन गरेपछि त्यहाँबाट आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, जमुनाह, बाँकेले जनाएको छ । अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै गएको जानकारी दिइन् । करिब छ वर्षको अवधिमा आगमन र प्रस्थान जमुनाहबाट सुरु भएको उनको भनाइ छ । “जमुनाह नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई असहज हुने अवस्था रहन्न, हामीले दिने सबै सेवा सुरु गरेका छौँ”, उनले…

Read More

झापा, १७ माघ । मुम्बईमा भइरहेको टि–ट्वान्टी विश्वकप तयारीका क्रममा नेपालले दोस्रो अभ्यास खेलमा मुम्बई क्रिकेट एकेडेमी प्रेसिडेन्ट्स–११ लाई ४८ रनले पराजित गरेको छ। ब्रेबन क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले आरिफ शेखको अविजित अर्धशतकको बलमा २० ओभरमा ५ विकेट गुमाउँदै १८३ रनको योगफल बनायो। आरिफले ४२ बलमा ६६ रन बनाए भने गुलशन झाले १२ बलमा २३ रन थपे। आसिफ शेखले २५, लोकेश बमले १५, सन्दीप जोराले ३१ रन जोडे। १८४ रनको लक्ष्य पछ्याएको मुम्बई टोली २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमै सिमित भयो। नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। ललित…

Read More

इजरायल, १७ माघ । गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनीहरुले शरणार्थी शिविरमा शरण लिइरहेको अवस्थामा आक्रमण भएको थियो । हमास प्राधिकरण अन्तर्गतको मन्त्रालयका महाप्रबन्धक मुनीर अल–बर्शलाई उदृत गर्दै एएफपीले थप २० जना घाइते भएको तथा इजरायलले अपार्टमेन्ट र शिविरका नागरिकहरूलाई लक्षित गरि आक्रमणगरेको जनाएको छ । घाइतेहरू उपचारको लागि उत्तरमा गाजा सहर र दक्षिणमा खान युनिसको अस्पतालमा पुगेको बार्सले बताए । इजरायलले “चिकित्सा आपूर्ति, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको बीचमा युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन जारी राखेको बार्सले जनाए । अक्टोबरदेखि अमेरिकाले गरेको युद्धविराम जनवरीमा दोस्रो…

Read More

झापा, १७ माघ । झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले माघ १६ गते राति करिब ९ः५० बजे लागुऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। सम्मानित जिल्ला अदालत झापाले २०७८ साल फागुन १८ गते सुनाएको फैसलाअनुसार झापाको मेचीनगर–६, काँकडभिट्टामा बस्ने ३० वर्षीय राजेश राजबंशीलाई पाँच वर्ष कैद सजाय र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो। तर उनी फरार रहेका थिए। प्रहरी टोलीले राजबंशीलाई लुकिछिपी बसिरहेको अवस्थामा उनको घरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाएको छ।

Read More

झापा, १७ माघ । झापाको दमक नगरपालिका–४ स्थित चिया टोलमा रहेको न्यु पाथिभरा फर्निचर उद्योगमा माघ १७ गते बिहान करिब ६ः१५ बजे दुर्घटना हुँदा एक कामदार गम्भीर घाइते भएका छन् । मोरङको रतुवामाई नगरपालिका–४ बस्ने ४० वर्षीय विरबहादुर ताजपुरिया काठ चिर्ने क्रममा मेसिनले उनको बाँया हात काटिएर (चुडिएको) गम्भीर घाइते भएका हुन्। उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पतालमा ल्याइएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको छ।

Read More

झापा, १७ माघ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेश र…

Read More