
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २२ पुस । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जंगली हात्ती मृत फेला परेको छ । बुद्धशान्ति–३ डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा आज बिहान एक वटा जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छ भने डिभिजन वन कार्यालय झापाबाट कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी पारिरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा २०८२÷०८३ मा हात्तीको मृत्यु संख्या दुई पुगेको डिभिजन वन कार्यालय…
झापा, २२ पुस । नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका छन् । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशङ्कर यादव र फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो । श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ मेसिनलगायत सामग्री नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुई…
झापा, २२ पुस । स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ । केन्द्रीय बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार यस क्षेत्रमा कुल लगानी रु दुई अर्ब ५६ करोड रहेको छ । त्यसमा ३८ दशमलव सात प्रतिशत हिस्सा ऋण रहेको छ भने ६१ दशमलव तीन प्रतिशत हिस्सा स्वपुँजी रहेको छ । अध्ययन अनुसार २१ देखि ३५ वर्ष उमेर समूहका ३९ दशमलव तीन प्रतिशत, ३६ देखि ५० वर्ष उमेर समूहका ४४ दशमलव चार प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६ दशमलव दुई…
दमक, २२ पुस । झापाको दमकबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो दमक नगरपालिका–८ स्थित कञ्चनजंगा होटलमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय दमकको टोलीले होटलको कोठा नं. ८ बाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी टोलीले सो कोठाबाट मोरङ मिक्लाजुङ गाउँपालिका–३ बस्ने १९ वर्षीया मनिका राई, झापा दमक नगरपालिका–१ बस्ने २६ वर्षीय सुरज कुमाल र दमक नगरपालिका–१ का ३१ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न दरको नगद रु ३३ हजार सहित खैरो हेरोइन जस्तो देखिने लागुऔषध ६ ग्राम ७८० मिलिग्राम बरामद गरेको छ । प्रहरीले पक्राउ…
झापा, २२ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागका केहि स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश…
भद्रपुर, २१ पुस । झापाको भद्रपुरमा ‘झापा औद्योगिक, व्यपार, कृषि तथा पर्यटन महोत्सव–२०८२’ हुने भएको छ । झापा उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ७ देखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशालामा महोत्सव हुने भएको हो । महोत्सव सञ्चालनका लागि झापा उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष राजकुमार राईको संयोजकत्वमा मुल आयोजक तथा अतिथि सत्कार समिति गठन भएको छ । महोत्सवको संरक्षक भद्रपुर नगरपालिका रहेको छ । झापा जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वासथ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुरयाउने दिर्घकालिन र आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासी योग्य वस्तुमा जोड दिने…
मोरङ, २१ पुस । तराई क्षेत्रमा चिसो बढेसँगै टाउको दुखाइका बिरामीको सङ्ख्या बढ्दै गएको छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार चिसो हावा, तापक्रमको परिवर्तन, शरीरमा पानीको कमी, साइनस समस्या, मांसपेशी कडा हुनु तथा रक्तसञ्चारमा असर पर्नुले जाडोमा टाउको दुखाइ बढ्ने गर्दछ । जाडोमा तिर्खा कम लाग्ने भएकाले पानी कम पिउँदा डिहाइड्रेसन भई टाउको दुख्ने समस्या देखिन्छ । त्यसैगरी घाँटी र काँधमा चिसो लाग्दा पछाडिबाट अगाडितर्फ फैलिने दुखाइ, साइनस र माइग्रेनका समस्या पनि बढ्ने चिकित्सकहरूको भनाइ छ । तापक्रमको अचानक परिवर्तन, निन्द्राको गडबडी, मानसिक तनाव तथा भिटामिन ‘डी’ को कमीले पनि समस्या बढाउँछ । उच्च रक्तचाप…
झापा, २१ पुस । हिजो घटेको सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेर तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ आज तोलामा १ सय ८५ रुपैयाँले बढेको छ । चाँदी आज १ सय ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।
सुर्खेत, २१ पुस । मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। छाँयानाथ रारा नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आलादुना खोलाको मोडमा ना. १ झ १०३९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परेर बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भइ हनुमान ध्वज गुल्ममा अमलदार चालकका रुपमा कार्यरत हरिसिंह ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ। हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सेनाको सामान पुर्याउन गएको जिप फर्किने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिए। आइतबार साँझ करिब ७ बजेको समयमा जिप दुर्घटनमा परेको हो। दुर्घटनामा परेको खबर पाउनेबित्तिकै नेपाली सेना, सशस्त्र प्रहरी…
सन्तोष शर्माबनियानी, २१ पुस । झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रू एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई रू एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिए । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन्, भने एउटा हात्ती मृत फेला परेको उनले बताए । हात्तीको आक्रमणबाट सख्त खाइते दुई जनालाई रू चार लाख, मृतक चार जनाको परिवारलाई रू ४० लाख, १० वटा पशुधन क्षतिवापत रू एक लाख, एक सय ८४ परिवारले भण्डार…