
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३ बैशाख । राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ । केन्द्रले विभिन्न कार्यालयमा छड्के अनुगमन गरी ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । ती कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालयमा राखिने जनाइएको छ । यसैगरी, ऐनमा दुई पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ । उहाँले कार्यालय समयमा नआउने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको बताउनुभयो । केही कर्मचारीलाई कारबाही गरेको जानकारी केन्द्रमा प्राप्त भइसकेको उहाँले बताउनुभयो । केन्द्रले सेवा प्रवाह धेरै…
झापा, ३ बैशाख । पेट्रोलियम पदार्थ लगायत निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले निर्माण कार्य स्थगित गर्दा झापाका ५ सयबढी योजना प्रभावित हुने भएका छन् । एक साताभित्र मूल्य समायोजन नगरे झापाका निर्माण व्यवसायीहरूले निर्माण कार्य स्थगित गर्ने बताएका छन् । निर्माण व्यवसायी संघ झापाले निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ । निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यबृद्धिले निर्माण क्षेत्र ठप्प हुने स्थितिमा पुगेको कारण सरकारले तत्काल ‘आपतकाल’ घोषणा गरी निर्माण व्यवसायीहरूलाई राहत दिन व्यवसायीहरूले माग गरेका हुन् । सङ्घले मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने निर्माण सामग्रीमा अत्यधिक मूल्यबृद्धिले निर्माण उद्योग दिन प्रतिदिन…
झापा, ३ बैशाख । सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरूप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरमा पुर्याउन थालिएको छ । यस्ता सेवा लिनका लागि सदरमुकाम वा सम्बन्धित कार्यालयसम्मको लामो यात्रा गर्नुपर्ने, घण्टौँ लाइन बस्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने र पटक–पटक धाउनुपर्ने अवस्थाको अन्त्य गर्न अब राज्य आफैँ नागरिकको ढोकासम्म पुग्न थालेको हो । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराईका अनुसार मकवानपुर, म्याग्दी, डडेलधुरालगायत जिल्लामा परीक्षण स्वरूप यो सेवा प्रारम्भ भइसकेको छ । सङ्खुवासभा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लगायत जिल्लामा अन्तिम तयारी भइरहेको छ भने सबैजसो जिल्ला हुलाकले कसरी सेवा दिने भनेर आ–आफ्नो योजना बनाइरहेका छन् ।…
निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’ मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी छन् । तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेसन’ घोषणा गरेकी केकी ‘महाराजधिराज’मा अनुबन्ध भएकी हुन् । ‘महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,’ ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भनेका छन् । केही दिनअगाडि मात्रै यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको पोस्टर समेत सार्वजनिक गरेको थियो । लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ला भन्ने कौतुहलतालाई मेटाउँदै निर्माण टिमले पुष्पको नाम र पोस्टर सार्वजनिक गरेको…
झापा, ३ वैशाख । राजस्व चुहावट नियन्त्रण गर्ने भन्दै पूर्वी नाका भन्सारमा कडाइ गर्न थालिएको छ। काँकडभिट्टा तथा विराटनगरको रानी नाकामा १०० रूपैयाँका सामान नेपाल भित्र्याउन पनि सशस्त्र प्रहरीले कडाइ गर्न थालेको हो। सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार जाने गर्छन्। नेपालतर्फको स्थानीय बजार सुस्ताएको र मुलुकले राजस्व गुमाइरहेको गुनासो व्यवसायीले गरेपछि नाकामा कडाइ गर्न थालिएको हो। सशस्त्र प्रहरी बलले कोशी प्रदेशका सीमा नाकामा भारतबाट सामान ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन सूचना जारी गरेको छ। भन्सार महसुल नबुझाए कानुनबमोजिम कारबाही अघि बढाइने भन्दै सूचित गर्ने काम भइरहेको सशस्त्र प्रहरी बल नेपाल…
काठमाडौँ, ३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरूले नियमितरुपमा गुनासो टिपाउन थालेका छन् । मन्त्रालयको निर्देशन कार्यान्वयनका लागि लिखित रुपमा सबै स्थानीय तहलाई अनुरोध गर्नाका साथै भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सहायता कक्ष स्थापना गरिएको छ । केन्द्रका निर्देशक निर्मलप्रसादसिंह राठौरले विद्यार्थी भर्ना शुल्कलगायत विषयमा विभिन्न माध्यमबाट सरकारी निकायलाई प्राप्त गुनासा समयमा सम्बोधन गरी सेवा प्रवाहको प्रभावकारिता वृद्धिमा सहायता कक्ष क्रियाशील रहेको राससलाई बताउनुभयो । “मेरो मोबाइल नम्बर र इमेल पनि सार्वजनिक गरिएकाले मलाई हरेक क्षण अभिभावकको फोन आइरहन्छ । उठाएरै…
गलत खानपान, पानीको कमी र तनावका कारण हाम्रो पाचन प्रणाली प्रभावित हुन्छ। यसैकारण कब्जियतको समस्या उत्पन्न हुन्छ। यसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ र यसले पेट दुख्ने, ग्यास भरिएर पेट फुल्ने र अन्य पाचन सम्बन्धी समस्याहरू पनि निम्त्याउन सक्छ। कब्जियतलाई नियन्त्रण गर्न र पेटलाई स्वस्थ राख्न केही विशेष खानेकुरालाई आफ्नो दैनिक खानपानमा समावेश गर्न सकिन्छ। यस्ता खानेकुरामा फाइबर, पानी र पाचन प्रक्रियालाई मद्दत गर्ने प्राकृतिक तत्त्व पाइन्छन्। यसले पेटलाई नियमित रूपमा सफा राख्न मद्दत गर्छ। कब्जियत कम गर्न कुन कुन खानेकुरा लाभदायक हुन्छन् र तिनलाई आफ्नो आहारमा कसरी समावेश गर्ने भन्ने विषयमा हामी यस लेखमा जानकारी दिनेछौं। मेवा…
झापा, ३ वैसाख । कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार भएको छ । थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासले उनीहरूको उद्धार गरेको हो । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको दूतावासले जनाएको छ । दूतावासकाअनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा १ हजार ९७७, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए । दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नजान अनुरोध गरेको छ…
झापा, ३ बैशाख । झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुल मुनि नवजात शिशुको (बालक) को शव फेला परेको छ । बुधबार राति उक्त मुनि नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी धरमपुरमा प्रहरी टोली खटिएको थियो । कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा पठाइएको छ । घटना अनुसन्धानका शंकास्पद एक जनालाई नियन्त्रणमा लिइएको छ ।
झापा, ३ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भूभागलगायत…