
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २४ मंसिर । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर मंगलबार ९ः२४ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि सोमबार साँझ बाजुरा जिल्लाको मार्तडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर स साना भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।
झापा, २४ मंसिर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ । काठमाडौँ उपत्यका आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।
झापा, २४ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर…
झापा, २४ मङ्सिर । झापाको बिर्तामोडमा आज भ्रष्टाचारविरुद्ध समाचार लेख्ने मंगलबार जना पत्रकारलाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ झापाद्वारा वितरण गर्ने गरी हेम–सरिता फाउण्डेसनले स्थापना गरेको ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’बाट झापाका तीन जना पत्रकार पुरस्कृत भएका हुन् । भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा बिर्तामोडमा आयोजित पुरस्कार वितरण समारोहमा टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकारद्वय सुरेन्द्र भण्डारी र इन्दु पूर्वेली पुरस्कृत हुनुभएको छ । त्यस्तै, टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार चिरञ्जीवी घिमिरे पुरस्कृत हुनुभएको हो । पत्रकार भण्डारी र पुर्वेलीले जनही रू २५ हजार २२५ र पत्रकार घिमिरेले रू ५० हजार पाँच ५५५ पाएका छन् । पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख…
झापा, २३ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणालीका लागि १ सय राजनीतिक दलहरूका ९३ वटा निवेदन प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । एकल चुनाव चिन्ह लिने ५ निवेदनमा १२ दलसहित १ सय दलको ९३ निवेदन प्राप्त भएको समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृत एवं सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन निवेदन दिएका दलहरूको भोली नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिन चाहने दलहरूका लागि मङ्सिर २५ गतेको समय निर्धारण गरिएको सहसचिव भट्टराईले बताउनुभयो । निवेदन माथि आवश्यक छानविन गरी मङ्सिर २६ गते दलहरूको अन्तिम नामावली…
झापा, २३ मंसिर । झापाको हल्दीबारी गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको अवलोकनका लागि बंगलादेशको फ्रेण्डसिप ग्रुप संस्थाका पदाधिकारीहरू मंगलबार भ्रमणमा आएका छन्। टोलीको नेतृत्व मो. मेटियर रहमानले गरेका थिए। महिला बालबालिका शाखा प्रमुख तृष्णा थापाले पालिकामा सञ्चालन भइरहेका कार्यक्रम र पुनःस्थापनाका प्रयासबारे प्रस्तुतीकरण दिएकी थिइन्। बंगलादेशी टोलीले राखेका जिज्ञासाहरूको जवाफ गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले दिएका थिए। हल्दीबारी गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेसनको संयुक्त लगानीमा दुई वर्षदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), जनप्रतिनिधि, कर्मचारी, करूणा फाउन्डेसनका पदाधिकारी, मिलिजुली समूहका पदाधिकारीलगायतको उपस्थिति रहेको योजना शाखा प्रमुख…
झापा, २३ मंसिर । झापाको शिवसताक्षी नगरपालिका–१० माइधारस्थित माईखोला र सरदारे खोलाको दोभानमा स्थानीय जीवनटोलकी ६२ वर्षीया बिमला माझी सोमबार बिहान पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई पोष्टमार्टमका लागि आम्दा अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा, २३ मंसिर । सोमबार राति उत्तरपूर्वी जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा अहिलेसम्म कम्तीमा ३० जना घाइते भएका छन् । हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार सोमबार राति १ः१५ मा भूकम्प गएको जनाएको छ । यसको केन्द्रबिन्दु आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा, ५० किलोमिटर (३१ माइल) गहिराइमा थियो । भूकम्पपछि देशमा सुनामी चेतावनी जारी गरिएको थियो, तर अहिले हटाइएको छ । यद्यपि तटमा ७० सेन्टिमिटर (२७ इन्च) सम्मका अग्ला छाल उठेका थिए । केही रेल सेवा रोकिएका थिए र हजारौँ घरमा बिजुली विच्छेद भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार…
झापा, २३ मंसिर । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मङ्सिर १२ गतेको निर्णय अनुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिनुभएका आयोगका सचिव महादेव पन्थले जिम्मेवारी बहन गरेका छन् । निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कुल ४१ जना कर्मचारी…
झापा, २३ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि मौसम महाशाखाले शनिबार साँझदेखि सोमबार साँझसम्म नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको थियो । तर महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।’ बुलेटिनअनुसार अहिले बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेश, मधेस प्रदेशको तराई क्षेत्र र सुदूरपश्चिम प्रदेशका उपत्यकाका एक–दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । दिउँसो…