
भद्रपुर, २७ असार । निर्माण ब्यवसायी झापाले भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेललाई ज्ञापन पत्र बुझाएको छ |
संघका झापा जिल्ला अध्यक्ष रमेश अधिकारी नेतृत्वको टोलीले नगर प्रमुख पोखरेललाई कार्यकक्षमा भेटेर निर्माण ब्यवसायीका समस्याहरू बुँदागत रूपमा संघका सचिव पुष्पराज निरौलाले राख्नुभएको थियो।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पोखरेलले समस्या समाधानका लागि जिम्मेवार ढंगले लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भद्रपुरमा रहेका निर्माण व्यवसायीहरू नगरपालिकाबाट पीडित रहेको दुखेसो अग्रज निर्माण व्यवसायी बद्री आचार्यले बताउनुभयो । उहाँले नवीकरण शुल्क बापत ‘घ’ वर्गका निर्माण सेवा कम्पनीहरूले प्रतिबर्ष रू १० हजार तिर्नुपर्ने शुल्क देशैभरि कही नभएको रहेकाले उक्त शुल्क घटाउनुपर्ने जोड दिनुभयो।



