बिर्तामोड, २७ असार । झापाको बिर्तामोड–४ मा रहेका गोमेन्द्र बहुमुखी महाविद्यालयमा आज रक्तदान कार्यक्रम भएको छ । क्याम्पसमा विज्ञान तथा प्रविधि संकाय बीबीए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा क्याम्पस प्रमुख डा. रुपकप्रसाद खनालको प्रमुख आतिथ्य रहेको थियो भने बिबिए कार्यक्रमका को–अडिनेटर शेखर पाण्डे, बिसिए÷एमबिएका को–अडिनेटर बिमल राजवंशी, रिसर्च डिपार्टमेन्ट हेड निलम संग्रौलाको विशेष आतिथ्य रहेको थियो ।
बिसिए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी युनिक श्रेष्ठ, दीपक खनाल, इच्छा केरुङ, आविस्कार दुलाल लगायतका विद्यार्थीले रक्तदान कार्यक्रमको सहजीकरण गरेका थिए । रक्तदान कार्यक्रममा ६ प्राध्यापक, एक जना कर्मचारी र ४६ जना विद्यार्थीले रक्तदान गरेको क्याम्पस प्रशासनले जनाएको छ । कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी, विद्यार्थीको बाक्लो उपस्थिति थियो ।


