झापा, ३१ असार । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट नजिक भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइँदै गरेको विभिन्न सामान नियन्त्रणमा लिएको छ ।
सोमबार बेलुका प्रहरीले चकलेट २९ प्याकेट, पानीपुरी १४ केजी, कचौरा ४८ पिस, सुन राख्ने बट्टा २३२ पिस, स्टेन ६ पिस, हाडे बदाम ४० केजी, सुन राख्ने झोला ५४ पिस, मोटर मेसिन १ पिस, यम सिल ९ पिस गरी करिब ८९ हजार ३०० बराबरको सामान बरामद गरेको हो । ती सामानहरू लुकाई छिपाई भन्सार छली गरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


