झापा, ३१ असार । सोमबार साँझ झापाको गौरीगंज गाउँपालिका–४ स्थित नयाँ बजार नजिकको गौरीगंज–अल्टामारी भित्री सडकखण्डमा जन्ती बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।
सनकाईन इङ्लिस बोर्डिङ स्कुलको प्र.१–०१–००१ क १५३५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार करिब ५० जन्तीमध्ये १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये ८ जनालाई तत्कालै गौरीगंज आधारभूत अस्पतालमा उपचारका लागि पठाइएको छ भने अन्य ५ जनालाई बीएण्डसी अस्पताल, विर्तामोड तथा लाइफलाइन अस्पताल, दमकमा रिफर गरिएको छ।
दुर्घटनापछि राति १०स्२० बजे बस चालक सोरेन गिरी (उमेर करिब ४० वर्ष), स्थायी ठेगाना गौरीगंज गाउँपालिका–४,लाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलको सडक दुईतर्फी रूपमा पुनः सुचारु गरिएको जनाइएको छ।
Facebook Comments Box


