
झापा, ३१ असार । झापाको बिर्तामोड नगरपालिका-६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार ३० गते दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ सय ६० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड-३ का १९ बर्षीय लाडला मिया र २० बर्षीय ममताज मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box

