झापा, २ असार । नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज काठमाडौंसहित विभिन्न जिल्लाका निजी विद्यालयहरू बन्द भएका छन्।
शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने, र शिक्षामा भइरहेको निजीकरण अन्त्य गर्नुपर्ने मागसहित संगठनले एक दिनको शैक्षिक हडतालको घोषणा गरेको हो।

हडतालको जानकारी बिहीबार बेलुका नै काठमाडौंका कतिपय निजी विद्यालयहरूले अभिभावकहरूलाई एसएमएसमार्फत पठाएका थिए। राजधानी बाहिरका जिल्लाहरूमा पनि सरकारी तथा निजी विद्यालयहरू बन्द रहेको जनाइएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

