झापा, ५ असोज । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते चितवन कारागारबाट फरार भएका एक कैदीबन्दी झापाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का ३५ वर्षीय बिकल बानिया क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
डाँका मुद्दामा चितवन कारागारमा कैद भुक्तान गरिरहेका बानियाँ गत भदौ २४ गते फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलिले शनिबार दिउँसो भद्रपुर–५ स्थित भद्रपुर बजारबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
Facebook Comments Box


