झापा, ६ असोज । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहने छ। । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


