झापा, १० असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थितबाट ३ सय ४० किलोग्राम लागुऔषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
असोज १० गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ स्थित सडक साइडमा वेवासिसे अवस्थामा रहेको BR11BR 7102 नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज भइरहेको छ ।
Facebook Comments Box


