झापा, ८ कात्तिक । झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल स्थितबाट लागू औषध ब्राउनसुगरसहित २ जनालाई र नियन्त्रित औषधीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कात्तिक ७ गते साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ का २१ बर्षीय अशोल राजवंशी र २२ बर्षीय रिचार्ड श्रेष्ठको साथबाट २ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी, मोरङको प्रहरी चौकी अमरदहले चेकजाँचको क्रममा कार्तिक ७ गते दिउँसो १ बजे को २१ प २८३३ नम्बरको मोटरसाइकलमा जेब्रा झोला भित्र ३० वटा प्याकेटमा प्याक गरेर ल्याउँदै गरेको १५ हजार नियन्त्रित ट्याब्लेट सहित मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–१ का ३५ बर्षीय निरज राजवंशीलाई नियन्त्रणमा लिएको हो । उनको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ ।


