
झापा, ९ कात्तिक । आज आइतबार दिनमा कतै कतै वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगमा आंशिक बदली (थोरै घाम देखिने अवस्था) तथा देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा (लगभग पूरै घाम देखिने अवस्था) रहने छ।
यस क्रममा दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड तथा हिमाल भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।
मौसमविद्का अनुसार एक–दुई स्थानमा वर्षा–हिमपातको सम्भावना देखिनु सम्भावना न्यून हुनु हो । मौसम महाशाखाका अनुसार आज रातिचाहिँ कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगमा आंशिक बदली (आकाशमा पातलो बादल) तथा बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने छ।
मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

