झापा, ९ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, विस्तार हुने मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन्।
नयाँ मन्त्रीका रूपमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता नियुक्त हुने तय भएको स्रोतले जनाएको छ। उनीहरूलाई जिम्मा दिइने मन्त्रालयबारे अन्तिम छलफल बालुवाटारमा जारी रहेको छ। चर्चामा रहेका मन्त्रालयहरूमा हेरफेर हुन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ।

मन्त्रिपरिषद् विस्तारसँगै कुल सदस्य संख्या ११ पुग्नेछ। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आज दिउँसो सवा दुई बजे राष्ट्रपति कार्यालय शीतल निवासमा तय गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
Facebook Comments Box

