झापा, १० कात्तिक । झापाको हल्दीबारी गाउँपालिका–४ स्थित श्री पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय परिसरमा दुईवटा जंगली हात्ती प्रवेश गरी भौतिक संरचनामा क्षति पुर्याएको छ।
मिति २०८२ साल कात्तिक ९ गते राति करिब १२ बजे हात्तीले मन्दिर परिसरमा क्षति पुर्याएको जानकारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद पोखरेलले प्रचौ जलथलमा निवेदनमार्फत दिएका थिए। निवेदनपछि प्रचौ जलथलबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेको थियो।
प्रहरीका अनुसार हात्तीले मन्दिरको स्टोर भवनको बायाँपट्टिको झ्याल र कम्पाउन्डको पर्खाल भत्काएको छ। प्रारम्भिक मूल्यांकनअनुसार करिब रु २०,००० बराबरको भौतिक संरचना क्षति भएको छ। अन्य थप क्षति भने नभएको जनाइएको छ।
Facebook Comments Box


